राप्तीगाउँपालिकामा सुइटर तालिम सुरु

Blog Post Ad Blog Post Ad Blog Post Ad

नयाँ जमाना अनुसारका सुईटर निर्माण गर्दै आय आर्जनहोस भनी ३० जना युवति तथा महिलाहरूलाई होजियारि तालिम विहिवार देखी पिपरिमा सुरू गरिएको छ । राप्ती गाउँपालिका वडा नं ८ को आयोजनामा वडा नं ८ का पिपरि, पिपरा, बिजौरि, कोहलुवा, जुडपानि गाउँका युवति तथा महिलाहरूलाई होजियारि तालिम सुरू गरिएको हो ।


बिहिवार राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदिले होजियारि तालिमको उद्घाटन गर्दै बेरोजगारिको अन्त्यका लागि वडा गतरूपमा गाउपालिकाले शिपमुलक तालिमको अभियान चालेको बताउनु भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


राप्ति गाउँपालिका वडा नं ८ का वडा अध्यक्ष गोकर्ण बहादुर राना मगरको अध्यक्षता, राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदिको प्रमुख आथित्यता,सामाजिक बिकास समिति संयोजक प्रबक्ता बिद्याशरण चौधरिको बिशिष्ठ आथित्यतामा होजियारि तालिमको उद्धाटन गरिएको छ ।

स्वरोजगार र आर्थिक अवस्थामा सुधारका लागि दिईएको तालिममा सहभागिहरूलाई अर्जुन अधिकारी,प्रकाश बिष्ट,राम प्रसाद चौधरि,पुरन प्रसाद चौधरि,गोपाल खत्रि, नुम बहादुर गुरूङ, ज्ञान बहादुर गुरूङ,रेशम थापा लगायतकाले दक्ष शिकाईको शुभकामना दिनुभएको थियो ।
एक महिना चल्ने सुईटर बुनाई होजियारि तालिम उद्घाटन कार्यक्रममा वडा सदस्य बिष्णु गुरूङले स्वागत तथा वडा सचिव मंगल प्रसाद चौधरिले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *