युवालाई गाउँमा रोक्दै कृत्रिम जलाशय


घोराही, १७ वैशाख । घर छेउको कुलोबाट कलकल पानी बगिरहेको छ । गाउँमा यसरी कुलोमा कसरी पानी आयो भन्ने जो कोहीले सोध्छन । गाउँ देखी उत्तरपूर्वतर्फ निकै ठूलो जलाशय छ । जेनेरेटरबाट त्यही जलाशयको पानी बारी र खेतमा पु¥याईएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही उपमहानगरपालिका वडा नम्बर १७ ढिकपुर गाउँका खेतीपाती त्यही कृत्रिम जलाशयको पानीले धानिएको छ । घोराही उपमहानगरपालिकाले केही बर्ष पहिले बनाएको उक्त जलाशयको पानीले अहिले ढिकपुर गाउँ तरकारी खेती व्यवसायमय बनेको छ । ढिकपुर गाउँका ५६ घरधुरी मध्य ३४ घर परिवारले त्यही जालशयको पानीले व्यसायीक खेती गरेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


कृत्रिम जलाशयको पानीले मौसमी र बेमौसमी तरकारी खेती गर्दै आएको स्थानिय भिमबहादुर चौधरीले बताउनुभयो । करेला, बन्दा, भाण्टा, काउली, टमाटर, लौका, काक्रा, खुर्सानी, घिरौला, सिमी र बोडी जस्ता तरकारीको खेती गरीएको उहाँको भनाई छ । शसस्त्र द्धन्द्धको समयमा नेपाली सेनाको जागिर छोडेर बिदेश पुगेका चौधरी सोचे जस्तो कमाई नहुदा फर्कीएर तरकारी खेती थालिएको अनुभब सुनाउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

विदेशमा पनि सोचे जस्तो कमाई भएन उहाँले भन्नुभयो,—घर आउदा मेरो मात्रै जग्गा बाँझो थियो गाउँलेहरुले यही जलाशयको पानीबाट खेती गरेको देखेर मैले पनि तीन बर्ष देखी व्यवसायीक तरकारी खेती गर्दै आएको छु । कृत्रिम जलाशय बनेपछि ढिकपुर गाउँबाट एक जना पनि युवाहरु बिदेश नगएको र व्यवसायीक खेतीमा लागेको उहाँको भनाई छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उत्पादन र बजार राम्रो छ युवाहरु बिदेश जाने सोच मै छैनन् उहाँले भन्नुभयो । जलाशय संरक्षण समितिका अध्यक्ष किरण चौधरी पनि पूर्ब नेपाल प्रहरी हुनुहुन्छ । प्रहरीको जागिर छोडेर खेतीमा होमिएका चौधरीले कृत्रिम जलाशय स्थानियलाई बरदान भएको बताउनुहुन्छ । बाह्रैमास सिचाईको सुबिधा भएपछि जलाशय हाम्रो लागि बरदान नै भएको छ उहाँले भन्नुभयो—विदेश जाने र अनेत्र कमाउन जाने सोच यहाँका युवाहरुमा आउदैन आफ्नै बारीमा पौरखमा रमाएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही उपमहानगरपालिकाले कृषि र पानीको स्रोत बढाउन विभिन्न ठाउँमा कृत्रिम जलाशय बनाउदै आएको छ । ढिकपुर गाउँको वरीपरी ३ वटा जलाशय बनाएको छ । किसानहरुलाई सहज होस र व्यवसायीक बनुन भन्ने उदेश्य नै हाम्रो हो नगर प्रमुख नरुलाल चौधरीले भन्नुभयो । सिचाई सँगै पानीको स्रोत बढाउने, पर्यटकहरुलाई आकर्षण गराउने सोच उपमहानगरको रहेको र बर्षेनी यस्ता जलाशय बनाउदै आएको उहाँको भनाई छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *