तुलसीपुरमा स्वीकार मोबाईल घर संचालनमा : मोबाईल पनि किस्तामा

तुलसीपुर, ४ कार्तिक । कोरोनाको संकटकै बिचमा पनि तुलसीपुरमा करिब २ करोडको लगानीमा स्वीकार मोबाईल घर संचालनमा आएको छ । युवा व्यवसायी मोहन स्वर्णकारले सबै किसिमका अत्याधुनिक सबै किसिमका ब्राण्डका मोबाईल बिक्रि गर्न तुलसीपुरको क लाइनमा स्वीकार मोबाईल घर संचालनमा ल्याउनुभएको हो ।

Blog Post Ad

Blog Post Ad

मोबाइल पसलको आज तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिरबहादुर रावतले उद्घाटन गर्नुभएको हो । कोरोना संकटमा आफु पनि स्वरोजगार हुने र अरुलाई पनि रोजगारी दिन ठुलो लगानीमा मोबाईल व्यवसाय संचालन ल्याएको संचालक स्वर्णकारले बताउनुभयो । मोबाईल घरबाट अब सबै किसिमका कम्पनिका मोबाईल पाउन सकिने उहाँको भनाई छ । मोबाईल घरबाट फाइनान्समा पनि मोबाईल खरिद गर्न सकिने भएको छ ।

मोबाईल किन्दा शुरुमा रकम आवश्यक नपर्ने र १८ महिनासम्ममा मासिक किस्ताका हिसाबले रकम बुझाउन सकिने गरि खरिद गर्न सकिने संचालक स्वर्णकारले जानकारी दिनुभयो । उहाँका अनुसार पुरानो कुनै पनि कम्पनिका मोबाईलसंग पनि एक्सचेन्ज गर्न सकिने भएको छ । मोबाइल पसलमा अहिले तीन जनाले प्रत्यक्ष र अरु तीन जना पार्ट टाइम गरेर ६ जनाले रोजगारी पाएका छन् ।