महायज्ञको अन्तिम दिनसम्म १ करोड १७ लाख संकलन

घोराही उपमहानगरपालीका स्थित जयशेर माध्यामीक विद्यालय रावतगाउमा े प्राविधीक शिक्षा संचालनका लागी आयोजना गरिएको श्रीमद भागवत धनधान्याञ्चल विराट नवाह ज्ञान महायज्ञ २०७५ को आज अन्तिम दिन बुधवारसम्म १ करोड १७ लाख बढी दान संकलन भएको छ ।
अन्तिम दिन आज सर्वाधिक घोराही ६ चोर गाउका हरिप्रसाद चौधरीले ७ लाख ५ हजार ५५ दान गरेका छन । घोराही ६ लखुवारका ढुकी चौधरीले १ लाख ५५ हजार ५ सय ५५, घोराही ६ कन्दाका पुर्णबहादुर वलीले १ लाख ११ हजार २५ , घोराही ६ कै खुमा डागी र रुद्र बहादुर डागीले १ लाख ६२ हजार ५ सय , घोराह ि१५ का ईश्वर बुढाले १ लाख ५ हजार दान गरेका छन ।
यसैबीच माघ २२ गते देखी सूरु भएको महायज्ञको बुधवार समापन गरिएको छ । महायज्ञका निर्देशक रेखबहादुर वलीको अध्यक्षता तथा प्रमुख अथिति अम्मरबहादुर महायज्ञले समाजमा सदभाव तथा विद्यालय र समुदायबीच सम्वन्ध जोडन सहयोग पुग्ने बताए । पछिल्लो समय समाजमा मौलीक मुल्य मान्यता तथा संस्कार र संस्कृतीहरु हराउदै गएको चर्चा गर्दे यस्ता कार्यले प्राचिन मुल्य र मान्यतालाइ बचाई राख्दै समयानुकुल समृद्ध संस्कृतीको विकास गर्नेमा जोड दिए ।
वैदीक सनातन धर्मको आफनै मुल्य मान्यता रहेको वताउदै समय सापेक्ष बैदिक धर्मलाई अगाडी बढाउनुपर्नेमा समेत प्रदेश सभा सदस्य डागीले जोड दिए । प्रमुख अतिथि डागीले आफूलाइ चिनाउन पहिचान चाहिने भएको हुँदा हाम्रा सस्कार र सस्कृतिलाइ बचाउनु पर्ने बताए ।
महायज्ञ समापन गरिएको हो । समापन कार्यक्रममा मटहवासंघका केन्द्रीय सदस्य जगविर चौधरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलुप्रसाद पुन, पुर्व विद्याथी विकास चौधरी, नेकपाका खिमलाल चौधरी, निवृतराष्ट्रसंघका चुर्तमान डागी, पुर्व प्रधानाध्यापक राजकुमार थापा, पत्रकार विष्णु आर्ट संयोजक महावीर वली लगायतले आआफनो धारणा राखेका थिए । अनुगमन संयोजक खलुप्रसाद पुनले धन्यावाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सहजीकरण पे्रस संयोजक पिताम्वर रिजालले गरेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *