आज थप ११६ जनामा कोरोना संक्रमण, १७ हजार १७७ पुगे संक्रमित

Blog Post Ad Blog Post Ad Blog Post Ad

काठमाडौं- विगत २४ घण्टायता नेपालमा थप ११६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

Blog Post Ad Blog Post Ad Blog Post Ad

आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १७ हजार १७७ जना पुगेको छ। बुधबार थप ६९७ जना कोरोना संक्रमणमुक्त भएका छन्।

योसहित नेपालमा हालसम्म ११ हजार २५ उपचारपछि निको भएका छन्। नेपालमा कुल संक्रमितमध्ये ६४ दशमलव २ प्रतिशत निको भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

Blog Post Ad Blog Post Ad Blog Post Ad

मंगलबारसम्म नेपालमा ३८ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।

बुधबार ५ हजार ९० जनाको कोरोना परीक्षण भएको छ। हालसम्म २ लाख ९८ हजार ८ सय २९ जनाको कोरोना परीक्षण भएको हो। २४ हजार ५ सय २७ जना क्वारेन्टाइनमा छन् भने ६ हाजर १ सय १३ जना आइसोलेसनमा रहेको मन्त्रालयले जानकारी दिएको छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *