असार अन्तिममा भुक्तानी लिनेको चाप

Blog Post Ad Blog Post Ad Blog Post Ad

जीतसागर जी.एम.
दाङ, ३१ असार। बुधबार दिउँसो १ बजेतिर तुलसीपुर उपमहानगरपालिकाको लेखा शाखामा खचाखच मानिसको भिड देख्न सकिन्थ्यो । लेखा शाखामा भुक्तानी लिनेको चाप निकै थियो, कोरोनाको महामारीको समयमा पनि भौतिक दुरी नै कायम नगरी ठेलमठेलको भिडले कोरोनाको जोखिम त देखिन्थ्यो तर कार्यालयमा आएका नागरिकलाई रोगको भन्दा भुक्तानी कहिले लिने भन्ने चिन्ता थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यालयमा आउने अधिकांशले लेखा शाखाका कर्मचारीलाई सोध्ने प्रश्न थियो–‘खै हाम्रो चेक तयार भयो कि नै ? कर्मचारीले कतिपयले केहि समय पर्खन सुझाउँथे भने कोहिलाई तयार भएको चेक दिएर पठाउने गर्दथे ।

लेखा शाखाकी एक जना कर्मचारीले भनिन्–‘बिहानै देखि काम गरिरहेका छौँ, खाना समेत खान पाइएको छैन् ।’ कार्यालयम उनी जस्तै अरु कर्मचारीलाई पनि भ्याइ नभ्याई थियो । भुक्तानीका लागि फाईलका चाङहरुले टेबल भरिएका थिए भने नागरिकहरुको चाप पनि निकै देख्न सकिन्थ्यो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

तुलसीपुर उपमहानगरपालिका लेखा शाखा प्रमुख बासुदेव अधिकारीले गतवर्षको जस्तै यसवर्ष पनि असार अन्तिममा झन् बढी चाप बढेको बताए । ‘यसवर्ष काम हुने भुक्तानी पनि हुने गरेको थियो, तर कोरोनाको संक्रमण फैलेपछि गरिएको लकडाउनले झनै प्रभाव प¥यो ।’ उनले भने–‘ असार १ गतेदेखि कार्यालय खुलेपछि करिब भिडभाड बढेको नै छ, विषेशगरी असार १२ गतेदेखि यता झन भिडभाड बढेको हो, नत्र असार अन्तिमतिर भुक्तानी लिने रोग त पुरानै हो ।’

उपमहानगरपालिकाले योजनाका फाइल वडामै राख्ने गरेका कारण यसवर्ष विगतको तुलनाम अझ केहि सहज भएको उनले बताए । ‘विकास योजनाका फाइल वडामा राख्ने सिस्टम विकास गरेका कारण केहि सहज भयो’ उनले भने–‘यसभन्दा अघिका वर्षमा झन् बढी समस्या थियो ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

आर्थिक वर्ष २०७६÷२०७७ को अन्तिम दिन, असार ३१ गते बुधबार घोराही उपमहानगरपालिकाको लेखा शाखामा पनि भुक्तानी लिनेको भिड यस्तै रह्यो । उपमहानगरका अन्य शाखा सुनसान देखिएपनि लेखा शाखामा भिड्भाड देख्न सकिन्थ्यो । भुक्तानी लिने फाइलको चाङ प्रशस्तै देख्न सकिन्थ्यो । कोरोनाका कारण पनि यसवर्ष असार अन्तिमा झन बढी भिडभाड हुन पुगेको लेखा शाखा प्रमुख लोकमणी शर्माले बताए ।

‘कोरोनाको कहरका बिचमा पनि भुक्तानी लिनेको चाप निकै रह्यो, यसवर्ष पनि राती अवेरसम्म बसेर पनि काम गरेका छौँ’ उनले भने–‘हुनत विगतका वर्षमा पनि असार अन्तिममा भुक्तानी लिनेको यस्तै हुन्थ्यो, योजना निर्माण समयमा भएपनि भुक्तानी असार अन्तिमा लिने प्रचलन बढी नै देखिन्छ ।’ सामान्यतया असार २५ गतेपछि पनि पुँजीगतका फाइल बढी आउने गरेको उनले बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जिल्लाका अन्य पालिकामा पनि असार अन्तिमा यस्तै भिडभाड रहेको थियो । यसवर्ष कोरोना महामारीका बिचमा पनि असार अन्तिममा देखिने भिड विगतका भन्दा कम नभएको विभिन्न पालिकाका कर्मचारीले बताएका छन् । यसैबिच देशभरीमा एउटै सफ्टवयरबाट हुने काम हुने भएका कारण सर्भर खुल्न समय लाग्ने गरेको र काममा केहि ढिला हुने गरेको कर्मचारीले बताए ।

‘एउटै सफ्टवयरबाट काम हुने भएका कारण असार अन्तिमतिर बढी लोड हुने हुन्छ’ तुलसीपुर उपमहानगरपालिका लेखा शाखा प्रमुख अधिकारीले बताए । ‘धेरै समस्या नभएपनि केहि ढिला हुने गरेको छ, उनले भने–‘हामीले कर्मचारी पनि व्यवस्थापन गरेका कारण त्यति असहज भएन ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

यो पटक कोरोना महामारीका कारण गरिएको लकडाउनले पनि असार महिनामा बढी भुक्तानी भएको कोष तथा लेखा नियन्त्रण कार्यालय दाङका प्रमुख शसिन्द्र खातीले बताए । ‘करिब तीन महिनासम्म ठप्प रहेका कार्यालय असारमा कार्यालय खुले, अनि झनै बढी चाप भयो’ उनले भने–‘आर्थिक वर्षको अन्तिमा चाप लिने त पुरानै परम्परा हो, तर अब केहि सुधार हुन लागेको थियो फेरि यसवर्ष कोरोनाले प्रभाव पा¥यो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *