रानीजरुवामा कल्भर्ट निर्माण

Blog Post Ad Blog Post Ad Blog Post Ad

लक्ष्मण विश्वकर्मा

तुलसीपुर, माघ । तुलसीपुरको राप्ती अन्चल अस्पतालको उत्तरदेखी दक्षिणतर्फ रहेको रानीजरुवामा कल्भर्ट निर्माण गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ को वडा कार्यालयको चालु आर्थिक वर्षबाट विनियोजित पाँच लाख रुपैया बजेटबाट कल्र्भट निर्माण गरिएको उपभोक्ता समितिका सदस्य पुर्ण बहादुर रावलले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उहाका अनुसार ६ मिटर लम्वाई, ३ मिटर उचाई, २ मिटर गहिराई भएको कल्भर्ट निर्माण गरिएको छ । यस अघि कल्र्भट नहुदा आवतजावत गर्न समस्या भएको उहाको भनाई छ । कल्र्भट निर्माण भएसगै रानीजरुवा बासी सहित दमारगाउँ र कल्लेबल्लेका स्थानीयबासीलाई समेत आवतजावत गर्न सहज भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कल्भर्ट निर्माण संगै अति आबश्यक सवारी साधनहरु सन्चालन हुने गरी त्यो क्षेत्रमा बाटोको स्तरबृद्धि गर्ने जनाईएको छ । गत आर्थिक वर्षमा पनि ५ नम्वर वडा कार्यालयले स्थानियको माग अनुसार ९ लाख रुपैया वजेट विनियोजन गरेको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *