कक्षा कोठामा छोराछोरीसंग पढ्दै अभिभावकहरु पनि

Blog Post Ad Blog Post Ad Blog Post Ad

दिप्तीशिखा चौधरी

दंगीशरण, ३ चैत्र | दंगीशरण गाउँपालिका हेकुलीमा रहेको विरेन्द्र मा.वि. का साना बालबालीकाहरु ठुलो आवाजमा पढिरहेको बाहिर बाटै सुनिन्थ्यो । उनीहरु परिक्षा दिईरहेको जस्तो पनि देखिन्थ्यो भने पढिरहेको जस्तो पनि देखिन्थ्यो । विद्यार्थीहरु ध्यान दिएर उत्तरपुस्तीका हेरेर पढ्दै र लेख्दै गरेका थिए । यस्तो शिक्षण सिकाई क्रियाकलापले विद्यार्थीहरुको ध्यान केन्द्रित गरेको प्रष्ट देखिन्थ्यो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कक्षा १ देखि ३ कक्षा सम्मका बालबालीकाहरु रमाई रमाई गृहकार्य गरीरहेका थिए भने अभिभावकहरु लस्करै बसेर छोराछोरीको क्रियाकलाप हेरीरहेका थिए । यसले आफना छोराछोरीको पढाई नजिकबाट अभिभावकहरु बुझ्दैछन् भन्ने प्रष्ट देखिन्थ्यो । कक्षा कोठा रमाईलो थियो । शिक्षण सिकाई क्रियाकलाप प्रभावकारी भएको अनुमान गर्न सकिन्थ्यो । अभिभावक पार्वती चलाउँनेकी छोरी कक्षा ३ मा आफनो छोरीको पछाडि बसेर छोरीको पढाई क्रियाकलापलाई नियालीरहेकि थिईन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

“सबैले बोडीङ्ग स्कुल राम्रो भन्छन् तर मलाई सरकारी स्कुल राम्रो लाग्यो मेडमले प्रश्न नसोध्दै छोरीले उत्तर लेखिसक्छे आज संगै बसेर पढाको र पढेको हेर्न पाए राम्रो लाग्यो ।” चलाउँनेले भनीन् । अभिभावक खर्के थापाकि छोरी कक्षा १ मा पढ्छिन् उनी छोरीको पढाई बुझ्न छोरीसंगै विद्यालयसम्म आएका थिए । छोरी पढेको नजीक बाट हेरे र बुझेँ घरमा पनि अभिभावकले हेरविचार गर्नुपर्ने रहेछ भन्ने उनलाई लाग्यो । “विद्यालयमा पढाई राम्रो छ घरमा पनि छोरीछोरीलाई समय दिनुपर्नेरहेछ भन्ने लाग्यो ।” थापाले भने । हजुरआमा खिर्म भण्डारी नातीनीसंगै विद्यालयमा आएर संगै कक्षामा बसीन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

“सरकारी स्कुलको पढाई त राम्रो छ किन बोर्डिङ्ग भन्दा हुन मान्छेले ” भण्डारीले भनीन् । देवा भण्डारीकि छोरी कक्षा २ मा पढ्छिन् विद्यालयमा छोरीको अनुशासन र पढाई राम्रो रहेछ उनी संगै बसेर अनुभव गर्न पाईन् ।

कक्षामा शिक्षीकाहरु सकभर विधार्थीले गल्ती नगरोस भन्ने चाहन्थे । दोहो¥याई दोहो¥याई पढाउँथे । बोलेर पढ्ने र पढाउँने शैली विद्यार्थीकालागि उपयूक्त हुन्छ शिक्षीका विन्दु शर्माले प्रतीक्रिया दिईन् । कक्षा १ मा शिक्षीका बृन्दा चौधरीले नेपाली विषयको सहि उत्तरमा ठिक चिन्ह् लगाउँन सिकाउँदै थिईन भने शिक्षीका विन्दु शर्मा पाठ उढ्दै उत्तर लेख्न सिकाईरहेकि थिईन । विद्यार्थीहरु ठुलो आवाजमा पाठ पढ्दै उत्तर लेखिरहेका थिए । कक्षा ३ का विद्यार्थीहरुलाई शिक्षीका फलोरेन्स राणाले शब्द र वाक्य पहिचान गर्न लगाई उत्तर लेख्न सिकाईरहेकी थिईन् । विद्यार्थीहरु चाख मानेर प्रश्नको उत्तर उत्तरपुस्तिकामा खोज्दै लेख्दै गरेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दंगीशरण गाउँपालिका शिक्षा शाखा प्रमुख विनोद अधिकारी र गाउँपालिकाका प्रवक्ता विर बहादुर वली आज सोमबार विद्यालयको अनुगमन गर्न जादा विद्यार्थीहरुको शिक्षण सिकाई क्रियाकलाप उपलब्धिमुलक रहेको पाईएको बताए । “प्रष्ट संग पाठ रीडिङ्ग गर्न सक्ने बनायोँ भने विद्यार्थीहरु लेख्न सक्नेछन् र सिकाई अझ उपलब्धिमुलक हुनेछ ।” शिक्षा शाखा प्रमुख अधिकारीले भने ।

कक्षाकोठामा आधारीत प्रारम्भिक कक्षा पठनसिप परीक्षणका लागि गाउँपालिका शिक्षा शाखाले दंगीशरण गाउँपालिकाका सामुदायीक विद्यालयमा साना कक्षाका विद्यार्थीहरुको कक्षा पठनसिप परीक्षणका लागि यस्तो खालको शिक्षण सिकाई क्रियाकलाप संचालन गरेको शिक्षा शाखा प्रमुख अधिकारीे जानकारी दिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यसले साना कक्षाका विद्यार्थीहरुको सिकाईलाई दिगो बनाउँन सहयोग पुग्ने देखिन्छ । साना बालबालीकाको पढाईमा निखार ल्याउँन प्रारम्भीक कक्षा सिप परिक्षण संचालन गर्नु आवश्यक रहेको भन्दै दंगीशरणमा यस खालको कार्यक्रमलाई प्राथािक्तामा राखिने प्रवक्ता विर बहादुर वलीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *