लमही महोत्सवमा दुर्गेशले नचाए दर्शकलाई

ओमप्रकाश गुप्ता

Blog Post Ad Blog Post Ad Blog Post Ad

लमही, ४ फागुन । चर्चित मोडल तथा गायक दुर्गेश थापाले लमही महोत्सवको आइतबार आफ्नो प्रस्तुती दिएका छन्। नेपाल भ्रमण वर्ष २०२० भन्ने मुल नाराका साथ लमही चेम्बर अफ कमर्शको आयोजनामा सञ्चालित नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रबर्द्धन व्यापारीक एवम् पर्यटन कृषि व्यापारीक महोत्सवमा गायक थापाले राष्ट्रवादी गीत उठ विर गोर्खाली कि त वार कि त पार गीत गाउँदै स्टेज उक्लेका गायक थापाले चिसो मौसममा पनि दर्शकलाई नचाएर माहोल तताए।

Blog Post Ad Blog Post Ad Blog Post Ad

चर्चित गीत बिचबिचमा गाउँदा त महोत्सवको पुरै माहोल तातिएको थियो। उनले बिचबिचमा, हेप्पी तिहार हेप्पी तिहार चिसो वियर, रातो रातो खुर्सानी पिरो छ क्षेत्रीको छोरो हिरो छ । लगायतका गीतहरु गाउँदा दर्शकहरु दुर्गेशसँगै स्वर मिलाउँदै नाचेका थिए। दुर्गेशको प्रस्तुती हेर्नका लागि अन्य दिनको तुलनामा शनिबार जस्तै आइतवार पनि महोत्सवमा हजाराै दर्शकको उपस्थिति थियो।

गायक थापा सँगै गायिका मञ्जु पाैडेल,सगरमाथा डान्स ग्रुप,कमल नारायणी ग्रुप,डान्सर सिर्जना केसी,अनुप बुढा लगायतले दर्शकहरूलाई मनोरञ्जन दिएका थिए ।यसै बिच सोमबार चर्चित गायक प्रमोद खरेल,गायक प्रेम शर्मा ,मञ्जु पाैडेल,उद्घोषक तथा गायक अनुप बुढा, सगरमाथा डान्स ग्रुप,कमल नारायणी ग्रुपको प्रस्तुती रहने अायोजकले जानकारी दिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *