ठेक्का तोडियो, जरिवाना तोकियो

रोल्पा, माघ १९ । तोकिएको समयभित्र काम नगरेको भन्दै एक निर्माण कम्पनीको ठेक्का सम्झौता तोडिएको छ । ४४ करोड २३ लाख चार हजार पाँच सय ९३ रुपैयाँ २८ पैसा लागतमा २० किलोमिटर कालोपत्रे गर्ने जिम्मा पाएको जेजेइसिसिएल–पप्पु–कोसी एन्ड न्यौपाने जेभीसँगको ठेक्का सम्झौता तोडिएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

ग्रामीण सडक सञ्जाल सुधार आयोजनाका प्रमुख मोहदत्त भट्टका अनुसार सन् २०२३ सम्ममा प्रदेश ५ का १६ जिल्लाका २७ वटा सडक गरी तीन सय ८८ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य उक्त आयोजनाको छ । त्यसअन्तर्गत पूर्वी रोल्पाको सुलीचौर हुँदै गाम जोड्ने सडकखण्डको सेवारदेखि स्युरीसम्मको उक्त सडक एसियाली विकास बैंक ९एडिबी० को ८० प्रतिशत ऋण र सरकारको २० प्रतिशत लगानीमा कालोपत्रै हुँदैछ ।

आगामी वैशाख ७ गतेभित्र कालोपत्रे गर्नेगरी ठेक्का सम्झौता गरेको उक्त निर्माण कम्पनीले १५ प्रतिशतजति काम पनि नगरेपछि यही माघ ११ गते विधिवत् रूपमा सम्झौता तोडिएको हो । ३० मार्च २०१८ मा निर्माण सम्झौता भएको सो सडक निर्माणपछि पनि तीन वर्षसम्म निर्माण कम्पनीले नै मर्मत गर्नेगरी जिम्मा दिइएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

ठेक्का तोडिएसँगै अब निर्माण कम्पनीले सरकारलाई करिब नौ करोडभन्दा बढी जरिवानासमेत तिर्नुपर्ने जनाइएको छ । सडक कार्यालयका अनुसार ६ करोड २५ लाखबराबरको काम गरेको उक्त कम्पनीले चार करोड ९९ लाख ७ हजार ६५ रुपैयाँ ४२ पैसा भुक्तानी लगेको आजको नागरिक दैनिकमा खवर छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *