स्वामीको वृक्षलाई साक्षी राखेर विद्यालयको वार्षिकोत्सव

दिवाकर पोख्रेल

Blog Post Ad Blog Post Ad Blog Post Ad

देउखुरी, माघ १९ । मञ्चको बिचमा स्वामीको सानो बिरुवा राखिएको छ । अतिथिहरु पछाडी बसेका छन् । सबैको अघि स्वामीको बिरुवा साक्षी छ । कार्यक्रमको उद्घाटनको समय भयो उदघोषकले प्रम्ख अतिथिलाई कार्यक्रम उद्घाटन गर्नको लागि अघि मञ्चमा बोलाए । कार्यक्रमका प्रमुख अतिथि लमही नगरपालिका प्रमुख कुलवहादुर केसीले आमखोरामा जल बोकेर जानुभयो । सहभागि सबै अच्चम्ममा परे । धेरै कार्यक्रममा प्रमुख अतिथिले उद्घाटन गदा कित ब्यानर खोलेर कित दियो बालेर उद्घाटन गर्ने कार्यक्रममा यहाँ भने स्वामीको बिरुवामा जल चढाएर उद्घान भयो ।

दाङ स्थित लमहीमा रहेको ज्योतिक्ष्मति बिद्यापिठको १४ बार्षिक उत्सव कार्यक्रममा देखिएको दृश्य हो यो । प्रत्येक बर्ष बार्षिक उत्सव गर्दा आध्यात्मिक शन्देश दिने गरी गर्ने कार्यक्रम गर्ने उक्त विद्यालयले यसपाली पनि बिल्कुलै नयाँ तर आध्याधिक शैलिबाट शूरुवात गरेको छ । स्वामीको बिरुवा पर्यवरणीय हिसावले, बैज्ञानिक हिसावले र आध्यामिक हिसावले पनि महत्वपुर्ण रहेकोले स्वामीको विरुवामा चल चढाएर कार्यक्रमको शुरुवात गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसन्तराज अधिकारीले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

‘संस्थागत विद्यालयले अंग्रेजी सिकाउन मात्रै जोड दिदैनन,संस्कार र भावातीत ज्ञान पनि सिकाउँछन भन्ने शन्देश दिन प्रत्येक बर्ष नयाँ विधि पुर्वक गर्ने गरेका छौ ।’ अधिकारीले भन्नुभयो । विद्यालयले यसरी संस्कृति संरक्षण र वाताबरणीय संरक्षणमा जोड दिदै गरेको कार्यक्रमबाट सहभागि पनि खुसी भएका छन । ‘विद्यालयले संस्कृति संरक्षणमा जोड दिएको पाइन्छ भने वोटविरुवाको संरक्षण गर्नुपर्छ भन्ने शन्देश पनि दिएको छ ।’ शिक्षाप्रेमी दामोदर पोण्डेले भन्नुभयो । यसो त स्वामीको बिरुवालाई ग्रह नक्षेत्रसंग सम्बन्ध राख्ने हुनाले स्वामीको विरुवालाई महत्वपुर्ण विरुवा मानिने विश्व शान्ती प्रतिष्ठान नेपालका भावातीत ध्यान शिक्षक नारायण आर्य धिमालले जानकारी दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसन्तराज अधिकारीको अध्यक्षता तथा नगर प्रमुख कुलवहादुर केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमममा प्रमुख अतिथि नगर प्रमुख केसीले विद्यालयको संस्कार युत्त शिक्षाको प्रशशा गर्नुभयो । कार्यक्रममा विद्यालयका विद्यार्थीले शारिरीक कला, योगकला सहित बिभिन्न प्रस्तुती प्रदर्शन गरेका थिए । विद्यालयले सामाजिक सम्मान कार्यक्रमलाई पनि यस वर्ष निरन्तरता दिएको छ । जसमा यस वर्ष पत्रकारिता क्षेत्रबाट योगदान पु¥याएबाफत पत्रकार राधेश्याम गुप्ता, शिक्षा क्षेत्रबाट योगदान पु¥याए बापत आदर्श माविदेउपुरकाका पुर्व प्रधानाध्यापक शशिधर ज्ञवाली र आदर्श मावि लालमटियाका पुर्व प्रधानाध्यापक दामोदर पाण्डेलाई सम्मान गरिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

विद्यालयमा २०६९ साल देखी संस्कृत शिक्षाको अध्यापन हुदै आएको छ । यस्तै नियमित योग अभ्यास,भावातीत ज्ञान पनि प्रर्दान गर्दै आइरहेको छ । विद्यालयको अतिरिक्त क्रियाकलापबाट विद्यार्थी र अभिभावक खुसी छन् । ‘हामी संस्कृत श्लोक पढन अप्ठारो मान्नुपर्दैन सजिलै पढने गछौ, ज्ञान कहिल्यै नकरात्मक हुँदो रहीनछ’ विद्यालयका विद्यार्थी अनुप भुसालले भन्नुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *