रोल्पामा लुटेराले लिए वृद्धको ज्यान

 

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, माघ १९ । घरमा लुटपाट गर्न गएका लुटेराले मुखमा कोचिदिएको कपडाका कारण रोल्पामा एक जेष्ठ नागरिकको मृत्यु भएको छ। जिल्लाको परिवर्तन गाउँपालिका वडा नं। ६ भनभने निवासी ७२ बर्षीय बलबहादुर बुढाको घरमा लुटपाट गर्न गएका लुटेराले बाँधेर मुखमा कपडा कोचिदिएका थिए।

रोल्पाका प्रहरी प्रमुख डिएसपी चित्रबहादुर गुरुङका अनुसार माघ १६ गते राति करिव १० बजेको समयमा लुटेराहरुको एक समुह बुढाको घरमा लुटपाट गर्न गएको थियो। त्यही समुहले ७२ बर्षीय बुढा र उनकी ७० पत्नि कवँली बुढालाई हातखुट्टा बाँधेर मुखमा कपडा कोचेका थिए। घरमा उनीहरुमात्रै बस्ने गर्थे। उनीहरु निःसन्तान हुन्।

Blog Post Ad Blog Post Ad Blog Post Ad

माघ १६ गते राति हातखुट्टा बाँधेर मुखमा कपडा कोचेकै अवस्थामा लुटेराको उक्त समुह लुटपाट गरेर गयो। बुढा दम्पत्तीलाई परेको विपत कसैलाई थाहा भएन। माघ १७ गते रातको झन्डै ९(१० बजेतिर मात्रै छिमेकी बुढाको घरमा पुगे ।

किन बुढाको घरमा बत्ति बलेन भनेर छिमेकी हेर्न जाँदा बुढा दम्पत्ति बाँधेकै अवस्थामा देखेपछि उद्धार गरिएको थियो। त्यतिबेलासम्म ७२ बर्षीय बलबहादुर बुढाको मृत्यु भइसकेको थियो भने उनकी पत्नि कवँलीपनि मुस्किल अवस्थामा थिइन्।

Blog Post Ad Blog Post Ad Blog Post Ad

तत्काल उनलाई अस्पताल पुर्‍याइयो। त्यसपछि बल्ल घटनाबारे स्थानीयले थाहा पाएका थिए। प्रहरीले माघ १८ गते मात्रै थाहा पायो। त्यसपछि प्रहरीले गोप्य रुपमा लुटेरा पहिचान र पक्राउ गर्ने अभियानमा लाग्यो।

तर दिनभरको मेहनतले पनि लुटेरा पत्ता लगाउन नसकेको एक प्रहरी अधिकारीले सेतोपाटीलाई जानकारी दिए। प्रहरीले घटनाको अनुसन्धान जारी रहेको तथा कुनैपनि हालतमा दोषी उम्कन नपाउने बताएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

बुढाको घरवाट करिब एकलाख नगद र साढे दुई तोला जति सुन लिएर गएको जानकारी कवँली बुढाले प्रहरीलाई बताएकी छन्।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *