फिल्म मसालेदार नै हुनुपर्छ : नायक रायमाझी

तुलसीपृुर, १९ माघ । कुशल नृत्य र जीवन्त अभिनयका कारण एक समय नेपाली सिनेमा क्षेत्रमा एक छत्र राज गरेका लोकप्रिय नायक दिलिप रायमाझीले फिल्म सफल र राम्रो हुनका लागि फिल्म मसालेदार नै हुनुपर्ने बताएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

बीचमा केही समय विभिन्न जनराका फिल्म बजारमा आएपनी अहिले फेरि एक्सन,रोमान्स,कमेडी र फेमेली ड्रामा अर्थात सबै कुराको मिश्रण भएको उहीँ पुरानै शैलीका फिल्मको माग नेपाली दर्शकले गरिरहेको बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

चलचित्र पत्रकार संघ नेपाल,दाङ शाखाले आयोजना गरेको विषेश साक्षात्कार कार्यक्रममा नायक रायमाझीले त्यही दर्शकले खोजे अनुसारको मसालेदार फिल्म लक्का जवान भएको र एकपटक हेरेर प्रतिक्रिया दिनसमेत आग्रह गरे । स्मरण रहोस् नायक रायमाझीले निर्माण गरेको लक्का जवान आगामी चैत २१ बाट अलनेपाल रिलिज हुदैछ । पत्रकारले किन अहिले पुराना कलाकारले अभिनय गरेका वा बनाएका फिल्म चलेका छैनन् , के पुराना कलाकारको दिन सकिएकै हुन त? भन्ने जिज्ञासामा रायमाझीले भने–‘हेर्नुस् सुर्य उदाएपछी एकपटक अवश्य अस्ताउछ, फरक ढिलो र छिटोको मात्र हो ।’

चलचित्र पत्रकार संघ नेपाल दाङका अध्यक्ष शिव पुनको अध्यक्षतामा भएको कार्यक्रममा दिलिपले चलचित्र पत्रकार संघ नेपाल,दाङले चलचित्र क्षेत्रको विकास र प्रवर्द्धनमा मोफसल रहेर पत्रकारिताको माध्यमबाट खेलेको भुमिकाको प्रसंशा गरे । चलचित्र पत्रकार संघ दाङका उपाध्यक्ष सन्तोष केसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण संघका सचिव पुर्ण केसीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *