रंगशाला निर्माणका लागि आशाका किरणहरूद्वारा आर्थिक सहयोग

ओमप्रकाश गुप्ता

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ १८ माघ । धुर्मुस सुन्तली फाउण्डेसनद्वारा बन्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा दाङको एक संस्थाले आर्थिक रकम सहयोग गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

चितवनको भरतपुर महानगरपालिका १५ रामपुरमा रहेको रामपुर कृषि तथा वन विश्वविद्यालयको २० बिघा जमिनमा ३० हजार दर्शक क्षमताको अत्याधुनिक सुविधा सम्पन्न रंगशाला निर्माणका लागि जनस्तरमा सहयोगको खाँचो परेकाले दाङको राप्ती गाउँपालिकामा रहेको आशाका किरणहरू नामक संस्थाले देउखुरी क्षेत्रका विद्यालय तथा क्याम्पसहरूबाट संकलन भएको ३८ हजार ३ सय ६५ रूपैयाँ धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)लाई संस्थाका अध्यक्ष सुर्यकिरण केसीले हस्तान्तरण गरेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

संस्थाका अध्यक्ष केसी सहित उपाध्यक्ष अशोक बेल्वासे,सचिव विमल राना मगर,सहसचिव दिवस अाचार्य,व्यवस्थापक लोकमणी भुसाल,सदस्य ऋषिराम खनाल र प्रेस संयोजक ओमप्रकाश गुप्ता लगायतको टोली रंगशालामा पुगेर सो रकम हस्तान्तरण गरेका हुन् ।

अभियानका क्रममा आदर्श नमुना मावि राप्ती गाउँपालिका २ लालमटियाका विद्यार्थीहरूबाट ५ हजार १ सय ९५ , पव्लिक एजुकेसन एकेडेमी राप्ती गाउँपालिका २ लालमटियाका विद्यार्थीहरूबाट १ हजार ४ सय २०, एेरावती आदर्श बहुमुखी क्याम्पस राप्ती गाउँपालिका २ लालमटियाका विद्यार्थीहरूबाट ४ हजार ७ सय ६०,मुनलाइट मावि राप्ती गाउँपालिका २ लालमटियाका विद्यार्थीहरूबाट २ सय ९५, नेपाल राष्ट्रिय मावि राप्ती गाउँपालिका १ भालुवाङका विद्यार्थीहरूबाट १ हजार ८०, मावि माैरीघाट राप्ती गाउँपालिका ४ माैरीघाटका विद्यार्थीहरूबाट २ हजार ९ सय ७०, सर्वोदय मावि राप्ती गाउँ पालिका ५ सिसहनियाँका विद्यार्थीहरूबाट ३ हजार ९ सय ४० ,सुर्यविनायक मावि लमही नगरपालिका १ नर्तीका विद्यार्थीहरूबाट ५ सय ७५ ,जनता मावि गढवा गाउँपालिका १ कालाकाटेका विद्यार्थीहरूबाट १ हजार ८ सय ८० ,राप्ती प्राविधिक शिक्षालय राप्ती गाउँपालिका ४ माैरीघाटको विद्यार्थी कल्याणकारीबाट ३ हजार ८ सय १० र भालुवाङका उद्योगी ,व्यापारी ,समाजसेवी बुद्धिजीवी तथा सामाजिक अभियान्ताहरूबाट १२ हजार ८ सय ५५ रूपैयाँ संकलन भएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *