तुलसीपुर, १६ माघ | नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रले वेलझुण्डीमा विद्यावारिधी पिएचडिको कक्षा सुरु गएको छ । विश्वविद्यालयले विगतदेखि नै विद्यावारिधीको कक्षा सञ्चालन गरेको भएपनि केन्द्रीय विश्वविद्यालयमै त्यसको अध्यापन हुने गरेको थिएन । विश्वविद्यालयले एक कार्यक्रमको आयोजना गरेर विद्यावारिधीको कक्षा सुरुवात गरेको हो ।
अनुसन्धान केन्द्रका प्रमुख डा.काशिनाथ न्यौपानेको अध्यक्षमा भएको कार्यक्रममा उपकुलपति रमेश ढकालले दाङमै विद्यावारिधी सुरु हुनु यस क्षेत्रका लागि गर्वको कुरा भएको वताउनु भएको थियो । कार्यक्रमका विशिष्ट अतिथि कुलसचिव माधव अधिकारीले विभिन्न आधा दर्जन विषयमा विद्यावारिधीको अध्यापन सुरु भएको जानकारी दिनु भएको थियो । कार्यक्रममा प्राध्यापक कृष्णचन्द्र शर्माले पिएचडिका वारेमा जानकारी गराउनु भएको थियो ।
दाङमै विद्यावारिधीको कक्षा सुरु हुनुले यस क्षेत्रको प्राज्ञिक उन्नयनमा महत्वपूर्ण उपलब्धि हासिल भएको गणितका विद्यार्थी पर्शुराम चौधरीले वताउनु भयो । विश्वविद्यालयमा गणित,राजनीति शास्त्र,अँग्रेजी, नेपाली, अर्थशास्त्र,संस्कृतका विभिन्न विषय र योगचिकित्सामा विद्यावारिधीको अध्ययन हुने छ ।