त्यो आन्दोलन, ति उमेशचन्द्र थापा

नवीन अभिलाषी
दाङ, माघ १६ । २०६१ माघ १९ को शाही घोषणाबाट सम्पूर्ण कार्यकारी अधिकार राजा ज्ञानेन्द्रले आफ्नो हातमा लिए । त्यसपछि राजनीतिक दलमाथि अघोषित प्रतिबन्ध नै लगाइयो । तब नेपाली राजनीतिक दलहरुसँग आन्दोलनको बिकल्प थिएन र आन्दोलनलाई चर्काउने योजना अनुसार काम हुन थाल्यो । २०६२ माघ २६ गते राजाको नगर निर्वाचन बहिष्कार गर्ने क्रममा घोराहीमा शान्तिपूर्ण प्रदर्शन भइरहेको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

खासगरी माओवादी आन्दोलनबाट अलि धेरै नै प्रभावित जिल्ला हो दाङ । त्यसकारण पनि आन्दोलनमा अन्य दलहरुको समेत सहभागिता थियो । आन्दोलनमा सर्वसाधारणहरुको यति धेरै सहभागिता थियो कि सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुले त्यसलाई थाम्न सक्नु त धेरै परको कुरा त्यसलाई राम्रोसँग हेर्न पनि नसक्ने अवस्थामा थिए । त्यो दिन घोराहीमा जनसागर उर्लिएको थियो । जब आन्दोलनको नेतृत्व गर्दै नेकपा एमालेका जिल्ला परिषद् सदस्य उमेशचन्द्र थापा अहिलेको सहिद मार्ग हँुदै अगाडि बढिरहेको थियो । त्यहि प्रदर्शन माथि तत्कालीन शाही सेनाले गोली चलाएथ्यो । र नेकपा एमालेका जिल्ला परिषद् सदस्य उमेशचन्द्र थापाको हत्या भएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दोस्रो आन्दोलनको प्रथम सहिद उमेशचन्द्र
त्यस घटनामा घाइते भएका कृष्ण गिरीले सम्झिन्छन्–‘शाही सेनाले गोली चलाउन सक्ने अवस्था थिएन । आन्दोलन निक्कै शान्तिपूर्ण थियो । अहिलेको रेडियो मध्यपश्चिम अगाडि त्यो समय प्वाँरको झाङहरु थियो’, उनी भन्दै जान्छन्–‘माथि व्यारेकबाट आएको सेनाले एक्कासी गोली चलायो । मेरो एउटा पैतालामा, एउटा कोखामा र एउटा अर्को खुट्टामा गोली लागेपछि म ढलँे । उता उमेश पनि ढल्नुभयो ।

उमेश घटना स्थलमै सहादत हुनुभएको हो । त्यसको केहि बेरपछि नै सेना आफैले मलाई तत्कालिन महेन्द्र अस्पतालमा लगेर उपचार गरेको याद छ् ।’ उमेशचन्द्र थापालाई एउटा गोली लागेको थियो । नाइटोदेखि तलको भागमा गोली लागेर ढलेका उमेशचन्द्र थापा फेरी कहिल्यै उठ्न सकेनन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

को हुन उमेशचन्द्र थापा ?

Blog Post Ad Blog Post Ad Blog Post Ad

उमेशचन्द्र थापा प्युठानमा जन्मिएका थिए । २०१२ साल असोज १० गते उनको जन्मदिन हो । आमा फनिदेवि थापा र बुबा भोजबहादुर थापाको कोखबाट प्यूठानको बरौलामा जन्मनुभएका थापा समाजप्रति कर्तब्यनिष्ठ, न्यायप्रेमी, साहसी र निडर नेताका रुपमा परिचित हुँदै आएका थिए ।

सानैदेखि आत्मविस्वासी र लगनशील व्यक्तिहरुका रुपमा चिनिएका उमेशको शिक्षा स्नातकसम्मको हो । प्युठानकै बिजुली गाविसमा रहेको तत्कालिन जनता माध्यमिक विद्यालय र मुक्ति विद्यालयमा अध्ययनपश्चात् दाङको घोराहीमा बसाईसराई गरेर आएका थिए । उच्च शिक्षा घोराही भरतपुरस्थित महेन्द्र बहुमुखी क्याम्पसमा सुरु गर्नुभएको उमेशले विद्यार्थी कालदेखि राजनीति सुरु गरेका हुन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्युठानकै बामपन्थी आन्दोलनबाट प्रभावित भएर उमेशले प्यूठानबाटै आफ्नै राजनीतिक जीवन सुरु गरेका थिए । कम्युनिष्ट घटकका रुपमा उनले राजनीति सुरु गर्दा विद्यार्थी राजनीतिको अवस्था समेत कमजोर थियो । तत्कालिन नेकपा मालेको सम्पर्कमा रहेर महेन्द्र बहुमुखी क्याम्पसमा उनले काम गरेको नेकपा एमाले दाङका अध्यक्ष टीकाराम खड्काले बताउँछन् । उनले विद्यार्थी राजनीतिमा पु¥याएको योगदान अहिले पनि स्मरणीय छ ।

२०३५/३६ सालतिरको बामपन्थी विद्यार्थी आन्दोलनका कारण उमेशको छवि ओजनदार बनेको उनका समकक्षीहरु बताउँछन् । उमेशचन्द्र थापा विद्यार्थी राजनीति गरेकै कारण तुलसीपुरमा ४ महिला जेल जीवन समेत भोग्न बाध्य भएका थिए । उमेशचन्द्र थापा नगरकमिटी सदस्य समेत भएर काम गरेका व्यक्ति हुन् । उनको आफ्नै प्रेस थियो । प्रेस चलाएर बस्ने भएकाले पनि सम्पूर्ण समय पार्टीलाई दिन नसकेका उमेश थापाले पार्टीले भनेका कामहरु कर्तब्यनिष्ठ भएर काम गर्थे ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उमेशचन्द्रले विवाह प्युठानबाटै गरे । उमेशचन्द्र थापा विद्यार्थी र राजनीति गर्दै दाङमा बस्न थालेपछि प्युठानकै एञ्जला थापाउर्फ लक्ष्मी थापासँग विवाह गरेका हुन् । २०४१ साल फागुन २२ गते आफ्नो मागी विवाह भएको एञ्जला थापाले बताइन् ।

अरुको नजरमा उमेश

मृत्युको पछिको प्रसंसा भ्रम हो । त्यस्तै उमेशको मृत्युपछि उनको कामको प्रसंसा गर्नेहरु पनि कम छैनन् । उनले पार्टी र समाजमा पु¥याएको योगदानको बारेमा सबैले खुलेर प्रसंशा गर्छन् । ‘उहाँको आफ्नै व्यवसाय थियो । सबै समय पार्टीलाई दिन नसकेको भए पनि उहाँलाई पार्टीले हराएको काम कर्तब्यनिष्ठ, ईमान्दार भएर गर्नुहुन्थ्यो’, एमाले अध्यक्ष टीकाराम खड्काले बताए, ‘विद्यार्थी आन्दोलनमा धेरै समय खर्च गर्नुभएको उहाँले त्यहि विद्यार्थी आन्दोलनले नै उहाँलाई माथि उठाएको थियो ।’

सोहि आन्दोलनका घाइते हुन्–कृष्ण गिरी । उनले उमेशचन्द्र थापासँग त्यति धेरै चिनजान तथा परिचय भने होइन । घटनापछि मात्र उनले उमेशको बारेमा धेरै जान्ने र बुझ्ने मौका पाए । उनले घटनालाई सम्झिदै भन्छन्, ‘गोली लागेर घटनास्थलमै मृत्यु भएका उमेशलाई सेनाले गाडीमा काठको मुढा फालेझैं फालेर लगेको थियो । त्यो मलाई अहिले पनि याद आउँछ’, उनले भने, ‘तर उमेशको साहसलाई मान्नुपर्छ । त्यो दिन जनसागर थियो घोराहीमा । त्यसको अगाडि अगाडि थिए उमेश । उनले देखाएको विरताका कारण उनको महिमा अझै चुलिनुपर्छ ।’

जीवनका २१ वर्षसँगै बिताएकी एञ्जला थापालाई आफ्नो श्रीमान सधैँ राम्रो लाग्ने त भैहाल्यो । उनको दाम्पत्य जीवनमा उमेशले आफ्नो मन दुखाएको एञ्जलालाई थाहा छैन । जुनसुकै काम पनि चाहेपछि फत्य गर्ने ईमान्दार व्यक्तिका रुपमा आफ््नो श्रीमानलाई एञ्जलाले याद गर्छिन्् । आफ्नो भन्दा पनि बढि समाजको बारेमा सोच्ने व्यक्तिका रुपमा पाएकी उनले अरुको चाकडी गर्न भने कहिल्यै नजानेको उनको मूल्यांकन छ ।

उमेशचन्द्र थापाले सहादत प्राप्त गरेको करिव ११ वर्ष पनि उनी सहित ज्ञातअज्ञात सहिदहरुप्रति सरकारले एउटा दिनलाई दिवसका रुपमा मनाउने घोषणा गरेको छ । माघ १६ गते । माघ १६ गते घोराहीको सहिद गेट थप चम्किलो भएको छ, जुन गेटसहित उमेशचन्द्र थापाको नामबाट नामाकरण छ भने त्यो सडक नै उमेश मार्गका रुपमा नामाकरण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *