सभामुख सापकोटाविरुद्धको रिटमा आज सुनुवाइ हुने

दाङ, १४ माघ | सभामुख अग्नि सापकोटा विरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आज सुनुवाइ हुनेभएको छ । न्यायाधीश सपना प्रधान मल्लको इजलासमा रिट निवेदकका वकिलले गरेको बहस हिजो नसकिएपछि आज सुनुवाइका लागि सरेको रिट निवेदक तथा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सापकोटामाथि लागेको हत्या आरोपसम्बन्धी विभिन्न रिट अदालतमा विचाराधीन भएकाले सभामुखमा निर्वाचित गर्न नहुने भन्दै त्रिपाठीले गत शुक्रबार रिट दायर गर्नुभएको थियो । अस्ति न्यायाधीश हरि फुयाँलको इजलासमा परेको यो रिट उहाँले हेर्न नमिलेपछि हिजो पेशी तोकिएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सापकोटालाई हत्याको आरोप लगाइएको जाहेरीमा अनुसन्धान गर्न आदेश माग गर्दै दिइएको रिट सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन रहेका छन् । २०६२ सालमा तात्कालीन माओवादीको अपहरणमा परेका काभ्रे छत्रेबाँझका अर्जुन लामाको हत्या गरेको आरोप सपाकोटामाथि छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *