चीनमा कोरोनाका कारण मृतकको संख्या ८० पुग्यो

Blog Post Ad Blog Post Ad Blog Post Ad

१३ माघ | चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८० पुगेको छ भने एक हजार नौ सय ७५ जनामा यसको संक्रमण देखिएको चिनियाँ सरकारले जनाएको छ । आज बिहानको रिपोर्टअनुसार अघिल्लो २४ घण्टामा १५ जना नयाँ मृतक फेला परेका हुन् भने ६ सय ८८ मा यसको संक्रमण देखिएको छ । गत महिना मध्य चीनको वुहानमा फेला परेको नयाँ भाइरस नोवेल कोरोना भाइरसको संक्रमण हङकङ, मकाउ, ताइवानमा समेत फैलिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

न्यून मात्रामा थाइल्यान्ड, जापान, दक्षिण कोरिया, अमेरिका, भियतनाम, सिंगापुर, मलेसिया, नेपाल, फ्रान्स र अस्ट्रेलियामा समेत यो प्रकोपको संक्रमण भएको पाइएको छ । हालै मात्र क्यानाडामा समेत ५० वर्षका एक मानिसमा पहिलोपटक यसको संक्रमण देखिएको क्यानाडा सरकारले बताएको छ । हालै मात्र चीनको वुहानदेखि ग्वानझाऊ हुँदै टोरन्टो फर्किएका ती मानिसमा कोरोना भाइरसको संक्रमण फेला परेको हो ।

हिजो चिनियाँ राष्ट्रपति सी चिङफिङले त्यहाँको सरकारी टेलिभिजनसँग कोरोना प्रकोपका कारण चीनमा भयावह रुप लिएको बताउनुभएको थियो । कोरोना प्रकोपका कारण चीनमा हुँदै गरेका पछिल्ला सार्वजनिक सभा, सभारोह र उत्सवहरु बन्द गरिएको छ भने सहर, बजार, रेल्वे स्टेसन र विमानस्थलमा उच्च सतर्कता अपनाउँदै सुरक्षा बल खटाइएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *