मेयर कपको फाइनल भोली

दाङ, १२ माघ | घोराहीमा जारी तेस्रो मेयर कप फुटबल प्रतियोगीताको भोली फाइनल खेल हुने भएको छ । पुस २७ गतेदेखि सुरु भएको प्रतियागीताको भोली फाइनल हुने भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

भोली दिउसो १ बजे नवलपुर फुटबल मैदानमा फाइनल खेल हुने जनाइएको छ । तेस्रो मेयर कपको फाइनलमा वडा नम्बर १४ र १८ पुगेका छन् । मेयर बिजेता वडाले नगद एक लाख पुरस्कार प्राप्त गर्ने छ ।

२०७४ सालदेखि सुरु भएको मेयर कपको पहिलो उपाधि वडा नम्बर १५ ले प्राप्त गरेको थियो भने दोस्रो मेयर कप वडा नम्बर १३ ले प्राप्त गरेको थियो । स्थानीय तहमा रहेका खेलाडीलाई प्रोत्साहन गर्नका लागि प्रतियोगीता गरिदै आएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *