थप दुई नेपालीमा कोरोना भाइरस

दाङ, १२ माघ | थप दुई जना नेपालीमा कोरोना भाइरसको संक्रमणको आशंका गरिएको छ । उनीहरुको राजधानीको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार सुरु भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


अस्पताल स्रोतका अनुसार कोरोनाको आशंका गरिएका १÷१ जना महिला पुरुष रहेका छन् । उनीहरु चीनबाट फर्किएको जनाइएको छ । कोरोनाको शंका लागेर अस्पताल पुगेकी महिला हिजो टेकु अस्पताल पुगेकी थिइन् भने अर्का पुरुष गएको माघ १० गते अस्पताल पुगेका थिए ।

महिला चीन भ्रमण पश्चात फर्केको र पुरुष चीनको बिमानस्थल हुदै नेपाल आएको बुझिएको छ । गएको शुक्रबार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै नेपालमा पनि कोरोना भाइरसका बिरामी फेला जनाएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *