तुलसीपुर महोत्सवमा आज महानायक हमाल

Blog Post Ad Blog Post Ad Blog Post Ad

तुलसीपुर, ११ माघ | तुलसीपुर महोत्सव आज दोस्रोदिन पनि जारी छ । महोत्सवमा दोस्रोदिन आज महानायक राजेश हमाल, मोडल सिर्जु अधिकारी, लोकगायक कृष्ण रेउले, टिका जैसी लगायत स्थानीय कलाकारको प्रस्तुति रहने छ । टरिगाँउ विमानस्थलको स्तरोन्नती तथा निर्माणाधिक सभाहलको सम्पन्न गर्न हिजोदेखि शुरु भएको महोत्सव आगामी २० गतेसम्म जारी रहने महोत्सव मूल आयोजक समितिका संयोजक बिरबहादुर रावतले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

महोत्सवमा स्थानीय कृषि उत्पादनको प्रदर्शनीसंगै विभिन्न मनोरन्जनात्मक कार्यक्रम आज पनि जारी रहने उहाँले बताउनुभयो । यसैबिच तुलसीपुर महोत्सव २०७६ लाई लक्षित गरेर त्रिशिद्देश्वरी राप्ती प्रालिले हिजोदेखि यातायातको व्यवस्था गरेको छ । दर्शकहरुलाई सहज रुपमा महोत्सव स्थलमा आएर अवलोकन गर्न र जानका लागि बसको व्यवस्था गरिएको प्रालिका अध्यक्ष सुरेश हमालले जानकारी दिनुभयो ।

तुलसीपुर घुम्नजाउँ ब्यानर टाँगेका बस पश्चिममा कृष्ण मन्दिर, पूर्वमा बिजौरी, दक्षिणमा पुकारपसल र उत्तरमा गोठीखोलाबाट संचालन हुनेछन् । यी जुनसकै ठाउँबाट बस चढेर महोत्सव स्थलसम्म पुगेको दश रुपैयाँ मात्र लाग्ने छ ।।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *