नयाँ कोरोना भाइरस के हो ? कसरी बच्ने ?

काठमाडौं, माघ ११ । हङकङबाट स्वदेश फर्किएका अर्का एक बिरामीलाई कोरोना भाइरसको आशंकामा चिकित्सकले प्रत्यक्ष निगरानीमा राखेका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा। वासुदेव पाण्डेले भने, ‘एकजनालाई अब्जरभेसनमा राखिएको छ। हङकङबाट आएको हुनाले जोखिम छ कि भनेर निगरानीमा राखिएको हो।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उनलाई ज्वरो आउने, श्वासप्रश्वासमा कठिनाइ हुने लगायतका केही लक्षण देखिएको छैन।’ ती बिरामीलाई ग्रान्डी इन्टरनेसनल अस्पतालले रेफर गरेको थियो। निर्देशक डा। पाण्डेले ती बिरामीको थप निदानका लागि नमुना पठाइने बताए। उनले भने, ‘नमुना परीक्षणका लागि जतिसक्दो छिटो बाहिर पठाउँछौं।’

सरकारले त्रिभुवन विमानस्थलमा उच्च सतर्कता अपनाएको छ। विमानस्थलमा रहेको हेल्थ डेस्कको क्षमता वृद्धि गरिएको छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

स्वास्थ्य मन्त्रालयका प्रवक्ता श्रेष्ठले तीन चिकित्सक, तीन नर्ससहित ८ जना स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको बताए। विमानस्थलमा स्वास्थ्य जाँचका लागि ५ वटा उपकरण जडान गरिएको छ।

ज्वरो आएका बिरामीको पहिचान गरी तोकिएको अस्पतालमा लैजाने व्यवस्था गरिएको छ। डब्लूएचओको प्राविधिक सहयोगमा रोग पहिचानका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अलगोरिधम चार्ट बनाएको छ। यसमा बिरामीको पहिचान, उपचार विधि र शंकास्पद बिरामीले अपनाउनुपर्ने सावधानीबारे उल्लेख छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। विवेककुमार लालले विमानस्थलमा विशेष स्वास्थ्य निगरानी बढाइएको बताए। उनका अनुसार विमानस्थलमा थर्मल स्क्यानर जडान गरिएको छ। थर्मल स्क्यानरले शंकास्पद बिरामीलाई छुट्याउन सजिलो हुन्छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले यसको हेल्प डेस्कलाई उन्नत, व्यवस्थित र परिमार्जित गर्दैै राज्यका तर्फबाट ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

यो नयाँ प्रजातिको भाइरस हो। यसले सामान्य रुघाखोकीदेखि गम्भीर प्रकारको तीव्र श्वासप्रश्वाससम्म गराउन सक्छ। कोरोना भाइरस मानिस र पशुमा संक्रमण हुन्छ। जनावरबाट मानिसमा संक्रमित भएको कुनै वैज्ञानिक आधार हालसम्म छैन।

Blog Post Ad Blog Post Ad Blog Post Ad

मानिसमा कसरी यो भाइरसबाट संक्रमित भयो भन्ने बारेमा अनुसन्धान भइरहेको छ। सन् २००३ मा देखिएको सार्स र नोबेल कोरोना एउटै प्रजातिका भाइरस हुन्। दुवै भाइरसले बिरामीलाई गम्भीर बनाउन सक्छन्।

नोबेल कोरोना भाइरस मानिसबीच सर्न सक्छ भनेर पुष्टि भएको छैन। यस विषयमा अनुसन्धान भइरहेको छ। यो भाइरस संक्रमण कसरी हुन्छ भन्ने बारेमा यकिन छैन। तथापि रुघाखोकी र श्वासप्रश्वासका बिरामीको नजिक नजाने र हातको सरसफाइ नियमित गरेमा संक्रमणको सम्भावना कम रहन्छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यस भाइरसले गर्दा हुने रोगको खास उपचार छैन। यो भाइरसले निम्त्याएका धेरै लक्षणको उपचार गर्न सकिन्छ। यस भाइरसविरुद्ध कुनै खोप उपलब्ध छैन। अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *