जेष्ठ नागरिकको स्वास्थ्यबारे जनप्रतिनिधिको चिन्ता

देउखुरी, माघ ११ । जेष्ठ नागरिकको स्वास्थ्य अवस्था बारे जनप्रतिनिधिले चासो देखाउन थालेका छन् । बढ्दो चिसो मौसम र जाडोलाई मध्यनजर गर्दै पछिल्ले पटक वडा कार्यालयबाट न्यानो कपडा वितरण कार्यक्रम शुरु भएको छ भने जेष्ठ नागरिकको निशुल्क आँखाको चेकजाँच पनि थालिएको छ । दाङको लमही नगरपालिकाले यो कामको शुरुवात समेत गरेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङको लमही नगरपालिका वडा नम्बर ६ ले जेष्ठनागरिक सम्मान कार्यक्रम अन्तरगर्त फाइवर सिरक वितरण र आँखाको निशुल्क चेकजाँच समेत गरेको छ । वडा कार्यालयको तीन लाख रुपियाँको बजेटबाट वडाका कुल एकसय ८१ जना जेष्ठ नागरिक मध्ये पहिलो चरणमा वडा कार्यालयबाटै एक ६ जनालाई फाइवर सिरक वितरण गरिएको र वडा कार्यालय सम्म आउन नसकेका जेष्ठ नागरिकलाई घरमै पुगेर जेष्ठ नागरिकलाई सम्मान गरिने वडा नम्बर ६ का वडा अध्यक्ष गणेशमान चौधरीले बताउनुभयो ।

‘जाडो मौसममा जेष्ठ नागरिकलाई चिसोले धेरै समस्या हुन्छ, जेष्ठ नागरिकको स्वास्थ्य प्रति हामी जनप्रतिनिधि सचेत पनि छौ, बुढ्यौली उमेरमा आँखामा पनि समस्या हुने भएकोले निशुल्क आँखा चेकजाँच पनि राखेका हौ ।’ चौधरीले भन्नुभयो । वडाबाट आगामी दिनमा पनि जेष्ठ नागरिक मैत्री कार्यक्रम जारी राख्ने अध्यक्ष चौधरीको भनाई थियो । यसैगरी जेष्ठ नागरिक सम्मान कार्यक्रमै अन्र्तरग एक सय ३० जनाको जनाको आँखा चेकजाँच गरिएकोमा ४३ जना जेष्ठ नागरिकको आँखाको सल्याक्रिया गर्नुपर्ने भेटिएको लमही आँखाका प्राविधिक सहायक तथा फिल्ड संयोजक टेकवहादुर चौधरीले जानकारी दिनुभयो । ‘जेष्ठ नागरिकको उमेरको हिसावले पनि जलविन्दु, दृष्टिदोषको समस्या देखिएको छ ।’ उहाँले भन्नुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जेष्ठ नागरिक सम्मान कार्यक्रम वडा अध्यक्ष गणेशमान चौधर्ीको अध्यक्षता तथा लमही नगरपालिका प्रम्ख कुलवहादुर केसीको प्रम्ख आतिथ्यतामा भएको थियो । कार्यक्रममा प्रम्ख अतिथि नगरप्रमुख केसील्े जेष्ठ नागरिकको सम्मान र संरक्षणकै लागि सरकारले सहयोग गरिरहेको बताउनुभयो । सरकारले जेष्ठनागरिकलाई सामाजिक सुरक्षा भक्ता सहित सम्मान गरेको छ,जेष्ठ नागरिकको सम्मानमा घरपरिवारबाट सहयोग हुन आवश्यक छ । ‘आमाबुवाको संरक्षण, स्यारसुसार गर्ने जिम्मा परिवारको हो, स्थानीय सरकारले पनि जेष्ठ नागरिकको सम्मानमा उत्तिकै ध्यान दिएको छ ।’ केसीले भन्नुभयो ।

यसैगरी कार्यक्रमकी विशशिष्ट अतिथि उप प्रमुख देवका बेल्वासे, पत्रकार दशरथ घिमिरे, स्थानीय समाजसेवी जोगराज चौधरी, नगर कार्यपालिका सदस्य तथा वडा सदस्य अनिता चौधरी, वडा सदस्य कृष्ण केसी लगायतले बोल्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *