अमुर्त सांस्कृतिक सम्पदा संरक्षणमा चासो

दाङ, माघ ११ । नेपालीहरुले अब मौलिक सम्पदाहरुको संरक्षणमा चासो दिनुपर्ने एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले घोराहीमा आयोजना गरेको अमुर्त सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी अभिमुखीकरण कार्यक्रमको उद्घाटन अवसरमा बोल्दै नेपाली विविधता भित्र रहेका मौलिक विषयहरुको संरक्षण, सम्वद्र्धन र आगामी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताएका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

मन्त्रालयका उपसचिव मंगला प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले प्रमुख अतिथीको रुपमा बोल्दै दिनप्रतिदिन लोप भएर गैरहेका मौलिक विषयहरुको संरक्षणमा लागि त्यति चासो दिन सकैले पनि नसकेकको भन्दै समुदायले नै संरक्षणमा बढि चासो र सक्रियता देखाउनुपर्ने बताउनुभयो । ‘हामीले हाम्रा मौलिक लोक संस्कृतिहरु जोगाएर नराखे लोप भएर जाने खतरा रहेको छ ।’ उहाँले भन्नुभयो, ‘नागरिकहरुको पहिचान भनेको नै मौलिकता रहेकाले यसको संरक्षणका लागि अहिले राज्य र विश्व नै लागिपरेको छ ।’

कार्यक्रममा बोल्दै संस्कृतविद् प्रेमबहादुर खत्रीले नेपालका विभिन्न समुदायका रहेको मौलिक सस्कृति ब्यापक रुपमा लोप भएर गैरहेको बताउनुभयो । कार्यक्रममा संस्कृतविद् डा. शिवकुमार सुवेदीले संस्कृतिलाई पन्छाएर पय्र्रटन प्रवद्र्धन सम्भव नरहेको बताउनुभयो । सस्कृतिको संरक्षण कानुन बनेर मात्र नहुने भन्दै उहाँले समुदायलाई त्यस प्रकारको बाताबरण समेत प्रदान गर्नुपर्ने बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रदेश नं. पाँचका विभिन्न जिल्लाबाट १२ जाति तथा समुदायका ब्यक्तिहरु सहभागी भएको कार्यक्रम तीन दिनसम्म सञ्चालन हुनेछ । संयुक्त राष्ट्र संघीय शैक्षिक वैज्ञानिक तथा सास्कृतिक संगठन युनेस्कोको अमुर्त सास्कृतिक सम्पदा सम्बन्धी महासन्धीको पक्षधर राष्ट्र नेपाल भएपछि अमुर्त संस्कृतिको सरक्षणका लागि त्यस जाती तथा समुदायका ब्यक्तिहरुसँग यो कार्यक्रम गरिएको मन्त्रालयका शाखा अधिकृत कमलराज श्रेष्ठले बताउनुभयो । लोकवार्ता परिषद्का अध्यक्ष प्रा डा. प्रेमबहादुर खत्री, डा. भक्त राई, भिम नेपाल सहित विभिन्न ब्यक्तिहरुले अमुर्त संस्कृति सरक्षणका फाईदा, आवस्यकता लगाएतको विषयमा जानकारी दिनुभएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *