दाङ, माघ १० । एक कल समस्या हल दाङको घोराहीमा सञ्चालन भएको तीन वर्ष पुगेको छ । तीन वर्ष पुगेको अवसरमा घोराहीका जेष्ठ नागरिकहरुको स्वास्थ्यको ल्याव परिक्षण गरिएको छ । घोराही उपमहागरपालिका १५ उत्साह टोल स्थित रहेको ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा रहेको ८४ जनाको स्वस्थ्य जांच गरिएको हो ।
घोराही उपमहानगरपालिका वडा नं. १५ मा रहेको “एक कल समस्या हल“को वार्षिक उत्सवको अवसरमा वृद्ध वृद्धाहरुका लागि निशुल्क स्वास्थ्यको ल्याब जांच गरिएको सञ्चालक अमर अधिकारीले बताउनुभयो । विगत ३ वर्षदेखी घोराहीमा सञ्चालनमा रहेको एक कल समस्या हलले निशुल्क स्वास्थ्य शिविरको आयोजना गरी दिवासेवा केन्द्रमा वृद्धवृद्धाहरुको युरिक एसिड, कोलेस्ट्रोल, सुगर जांच गरिएको हो ।
प्रविधिको युगमा दैनिक जीवनका लागि आवस्यक पर्ने सम्पुर्ण सामानहरु फोनको भरमा घरमै पु¥याउने योजनाका साथमा सुरु भएको एक कल समस्या हल ३ वर्ष पुगेको अबसरमा घोराहीमा बार्षिकोत्सव कार्यक्रम समेत आयोजना गरेको सञ्चालक अधिकारीले बताउनुभयो ।