कोरोना भाइरसको उच्च जोखिममा नेपाल पनि

दाङ, ८ माघ | चीनमा देखिएको नोवेल कोरोना भाइरसको नेपालमा पनि कोरोना भाइरसको जोखिम उच्च रहेको चिकित्सकहरु बताउँछन् । कारण भारतपछि नेपाल आउने पर्यटकको सूचीमा चीन दोस्रो स्थानमा छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सन् २०१८ मा मात्रै १ लाख ५३ हजार र सन् २०१९ मा १ लाख ६९ हजार चिनियाँ पर्यटक नेपाल आएका थिए । यो वर्ष नेपाल भ्रमण वर्ष समेत रहेकाले अझ धेरै चिनियाँ पर्यटक आउने अनुमान गर्न सकिन्छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नेपाल भ्रमण वर्ष र चिनियाँ पर्यटकको बढ्दो आगमनले नेपाल कोरोना भाइरसको जोखिममा रहेको चिकित्सकहरुले बताएका छन् । भाइरसका कारण अहिलेसम्म ६ जनाको मृत्यु भइसकेको छ । नयाँ भाइरसको रुपमा देखिएको नोवेल कोरोना भाइरस चीन सहित थाइल्याण्ड, जापान, दक्षिण कोरिया र अमेरिकामा पनि फैलिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *