डिल्लीराजले गरे विद्यालयलाई फिल्टर सहयोग

तुलसीपुर, ८ माघ | तुलसीपुर–१४ भोजपुरमा रहेको बालमितेरी माविलाई करिब डेढ लाख बढीको फिल्टर सहयोग प्राप्त भएको छ । स्थानीय तर हाल काठ्माण्डौमा बस्दै आएका डिल्लीराज धितालले विद्यालयलाई नयाँ प्रविधिका ११ सेट फिल्टर हस्तान्तरण गरेका हुन् । अमेरिकामा निर्माण गरिएको उच्च प्रविधियुक्त फिल्टर मंगलबार विद्यालयका सहायक प्रधानाध्यापक जंगविर केसीलाई हस्तान्तरण गरिएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

विद्यालयलाई अरु फिल्टर आवश्यक भएमा फेरि पनि सहयोग गर्ने उनले प्रतिवद्धता समेत व्यक्त गरेका छन् । सानै कक्षादेखि अध्ययन गरेको विद्यालयलाई आफुले सहयोग गर्न पाउँदा निकै गर्व महशुस भएको उनले बताए । विद्यालयबाट प्राप्त गरेको शिक्षाका कारण आफ्नो गरिमा बढेको भन्दै अब विद्यालयको विकासमा लागिरहने प्रतिवद्धता व्यक्त गरेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उनले विद्यालयमा पुस्तकालय स्थापना गर्ने सोच रहेको बताए । गरिब तथा विपन्न बालबालिकाले शिक्षा हासिल गर्ने थलोको रुपमा बालमितेरी मावि हुनुपर्ने भन्दै केहि समयपछि पुस्तकालय स्थापना गर्ने बताएका छन् । त्यसैगरी विद्यालयमा अहिलेको आवश्यकता ई–लाइब्रेरी स्थापना गर्न आवश्यक रहेको समेत उनले बताए । ई–लाइब्रेरी पनि आफैले स्थापना गरिदिने उनले प्रतिवद्धता व्यक्त गरेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *