तुलसीपुर महोत्सवमा यातायात व्यवस्थापन गर्न नगर बस

Blog Post Ad Blog Post Ad Blog Post Ad

शरद रेग्मी

तुलसीपुर, माघ ७ । तुलसीपुर महोत्सव नजिकिंदै गर्दा महोत्सवमा यातायात व्यवस्थापनलाई सहज बनाइएको छ । विशेषगरी नजिकका यात्रुहरुलाइ लक्षित गरी यातायात व्यवस्थापन समेत भैसकेको महोत्सव आयोजक यातायात उपसमितिले जनाएको छ । कुनैपनि यात्रुले महोत्सवमा यातायातको समस्या भोग्नुपर्ने अवस्था नआओस् भनेर यातायात व्यवस्थापन गरिएको यातायात तथा स्वयमसेवक उपसमितिका संयोजक सुरेश हमालले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

तुलसीपुर उपमहानगरपालिकाका यात्रुहरुलाइ मध्यनजर गर्दै जिल्लाका सवै यातायात व्यवसायीहरुको पहलमा नगर बस सन्चालनको अवधारणा ल्याइएको बताइएको छ । तुलसीपुरमा हुने महोत्सवलाइ सफल बनाउने सन्दर्भमा महोत्सव आयोजना गर्ने स्थल तुलसीपुरको हात्तिखौवासम्म यातायात सेवा लक्षित गरिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

त्यसकालागि तुलसीपुरको दक्षिण क्षेत्र पुकार पसलदेखि महोत्सव स्थल, उत्तर लाहुरेचौर देखि महोत्सव स्थल, पश्चिम कृष्णमन्दिर देखि महोत्सवस्थल र पुर्वमा विजौरीदेखि महोत्सव स्थलसम्म नगरबसहरु सन्चालन गरीने छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नगरबस सन्चालनका लागि त्रिशिदेश्वरी राप्ती प्रालिले यस अघि पनि धेरै प्रयास गरेपनि समस्या अझैपनि समाधान हुन सकेको छैन । यातायात सेवामा स्थानिय सरकारको पनि सुन्य भुमिका रहेको छ । नेपालको राजधानीमा रात्री सेवा समेत सन्चालन भएको छ । स्थानिय सरकारले त्यसको आर्थिक दायित्व पनि लिएका छन् ।

तर यहांका स्थानिय सरकार यातायात व्यवस्थापनका सवालमा मौन छन् । महोत्सवका दश दिन एउटा नमुना मात्रै हो । यहि अनुरुप आफुहरुले नगरबसको अभ्यास थाल्ने यातायात उपसमितिका संयोजक हमालले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सभ्य यातायात सेवाको सुरुआत महोत्सवबाटै सुरु हुने भन्दै यदि यात्रुहरुको आवस्यकता र स्थानिय सरकारको पनि सकारात्मक सोंच भएको अवस्थामा आफुहरुले रात्री यातायात सेवा दिन समेत तयार रहेको बताउनुभयो । यातायात क्षेत्रका अभियन्ता समेत रहेका हमालले महोत्सवलाइ केन्द्रित गरेर मात्र यो सेवा नभएको बताउंदै यो सेवालाइ निरन्तर अघि बढाउने पनि बताउनुभयो ।

नगर बस सन्चालन नहुंदा घोराहीबाट तुलसीपुर आउने यात्रुहरु सांझ ७ बजेनै विचल्लीमा पर्ने गरेका छन् । त्यसपछि आएका यात्रुवाहक बसहरुले मनोमानी भाडा असुल्ने गरेका छन् भने मेलका नाममा धेरै यात्रुहरुलाइ समस्या हुने गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *