कृषि समस्या समाधानका लागि प्रदेश तहबाटै प्राविधिक परिचालन हुने

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २९ पुस | कृषि क्षेत्रमा देखिने समग्र समस्याको समाधान अव स्थानिय तहबाटै समाधान हुने भएको छ । किसानका समस्या तथा बाली नालीमा देखा पर्ने प्रकोपको समाधान गर्न स्थानीय स्तरमा प्राविधिक खटाउने गरि तयारी भईरहेको कृर्षि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

मन्त्रालयका प्रवक्ता हरी बहादुर केसीका अनुसार मन्त्रालयले यस्ता प्राविधिकलाई आवश्यक तालिम प्रदान गरी सम्बन्धीत प्रदेश र प्रदेशले जिल्लामा पठाईसकको छ । बालीनालीमा देखीने रोग तथा किराको प्रकोप नियन्त्रणसंगै आधुनिक प्रबिधिबाट खेती गर्ने तरिका तथा अन्य बिषयमा सहजीकरण गर्नेछन् ।

त्यस्तै हरेक प्रदेशमा देखीने समस्याको व्यबस्थापन पनि सम्बन्धीत प्रदेदबाटै हुने हिसावले प्राबिधिक जनशक्ति तयारीको काम अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ । कृर्षि प्राविधिकको अभावका कारण परम्परागत शैलीबाट माथी उठ्न नसकेका कृषकलाई सहज हुने गरी कृषि प्राविधिक खटाउने मन्त्रालयको तयारी छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

पछिल्लो समय अमेरिकी फौजी किराको प्रकोपसंगै बालीमा अनेकौ प्रकारका रोग देखा परेपछि धान लगायत अन्य बालीको उत्पादनमा निक्कै ह्रास आएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *