विद्यालयमा ‘थारु’ परिकारको प्रर्दशनी

Blog Post Ad Blog Post Ad Blog Post Ad

शिवु खनाल
देउखुरी पुस, २९ | थारु समुदायको विभिन्न परिकारहरु प्रर्दशनिमा राखिएको छ । थारु समुदायको महत्वपूर्ण पर्व माघेसक्रांन्ती अर्थात् माघीको अवसरमा थारु समुदायलाई लक्ष्छित गरि करिया, ढिक्री, फुलौरी, पकौढा, लगायत विभिन्न थारु परिकार प्रर्दशनमिा राखिएको छ । गोरखा मोडेल सेकेन्डरी स्कुल लमहीले आयोजना गरेको आईएस्सी अवार्ड अन्र्तगत एकदिने फुड फेस्टिबल तथा सास्कृतिक कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले बनाएको थारु परिकारहरु प्रर्दशनीमा राखिएको थियो ।


विद्यालयका प्रधानध्यापक लोकमणि रिजालको अध्यक्षता तथा लमही नगरपालिकाका शिक्षा शाखाका प्रमुख रबिन्द्र क्षेत्रिको प्रमुख आतिथ्यतामा एकदिने फुड फेस्टिबल तथा सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । अन्तराष्ट्रिय स्कुल कार्यक्रम अन्र्तगत विद्यालयले मंगलवार विद्याालय परिसरमा विद्यार्थीहरुलाई प्रयोगात्मक रुपमा विद्यार्थीले आफै बनाएका विभिन्न थारु परिकार प्रर्दशनीमा राखिएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


त्यसैगरि विद्यार्थीद्धारा निर्मित चित्रकला राख्नुका साथै थारु समुदायको मौलिक नाच र अन्य पुराना लोक नाचहरु पनी एकदिने फेस्टिबलमा प्रर्दशन गरिएको थियो । कार्यत्रक्रममा लमही नगरपालिकाका शिक्षा शाखाका प्रमुख रबिन्द्र क्षेत्रिले प्रयोगात्मक शिक्षाले विद्यार्थीहरुमा ज्ञान सगै सिपको बिकास हुने बताउनुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासघ दाङका उपाध्यक्ष लिला शाहले सैद्धान्तिक ज्ञान सगै प्रयोगात्मक शिक्षाले बिधार्थिहरु ज्ञान, सिप र क्षमताको थप बिकास हुने बताउनुभयो ।

विद्यालयको स्थानिय पाठ्यक्रम अनुसार २० प्रतिशतको पाठ्यक्रम अन्र्तगत विद्यालयले उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा विद्यार्थीहरुले थारु नृत्यसगै अन्य भाषभाषिका नृत्य प्रर्दशन गरेका थिए । कार्यक्रमको सहजिकरण आईएस्सी कोर्डिनेटर द्रोण पोख्रेलले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *