गरिबी न्यूनिकरणका लागि दाङमा सवा ३ करोड बजेट

घोराही, २६ पुस | गरिबी जोखिम न्यूनिकरणका लागि दाङमा गरिब परिवार पहिचानका लागि ३ करोड २१ लाख ४२ हजार रुपैयाँ बजेटको व्यवस्था गरेको छ । जस अन्तरगत घोराहीमा ८३ लाख ६८ हजार, तुलसीपुरमा ७५ लाख ८० हजार, लमहीमा २६ लाख ९९ हजार, राप्तीमा २४ लाख ४० हजार, राजपुरमा १६ लाख ६८ हजार रुपैयाँ बजेट आएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

त्यस्तै बंगलाचुलीमा १६ लाख ७२ हजार, शान्तिनगरमा १९ लाख २२ हजार, दंगिशरणमा १६ लाख ६८ हजार र बबईमा १९ लाख २९ हजार रुपैयाँ बजेट आएको छ । गरिब घरपरिवारको तथ्यांक संकलन पछि आर्थिक विकास र रोजगारीका लागि सरकारले आबस्यकतामा आधारित कार्यक्रम तथा अबसरहरु सृजना गर्ने भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङका किसान, भूमिहिन, सुकुम्बासी, कमैया तथा कम्लरीहरुको बसोबास रहेका कारण पनि सरकारले गरिबहरुको तथ्यांक संकलन गर्न थालेको कार्यक्रमका फोकल पर्सन सुदिप गौतमले जानकारी दिनुभएको छ । गरिबहरुको पहिचानका लागि दाङमा एक सय १० जना कर्मचारी परिचालन गरेर काम हुदै छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *