स्वर्गद्वारीबाट दाङ आउँदै गरेको बसको ठक्करबाट एक जनाको मृत्यु 

दाङ,२५ पौष | स्वर्गद्वारी नगरपालिका – २ बाईनेटामा बसको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु भएको छ । स्वर्गद्वारीबाट दाङ तर्फ आउँदै गरेको ना ३ ख ५५५९ नम्बरको बसको ठक्करबाट यु.पी. जिल्ला सराबस्तीमाका अन्दाजी २६ वर्षीय गुरु प्रसाद यादवको मृत्यु भएको हो । 

Blog Post Ad Blog Post Ad Blog Post Ad

ठक्करबाट यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र जिसीले बताए ।

सोहि बसको ठक्करबाट उक्त ठाउँका २३ वर्षीय नथुराम यादवको बाँया खुट्टा भाँचिएको छ । घाइते यादवलाई थप उपचारकोलागि दाङ लगिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

स्वर्गद्वारी मन्दिर दर्शन गरी फर्कने क्रममा ओरालो बाटोमा गाडीबाट झरेर पैदल हिडने क्रममा दुर्घटना भएको हो । गाडी र चालक अस्थायी प्रहरी पोष्ट स्वर्गद्वारीको नियन्त्रणमा राखिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *