फाइनलमा भिड्दै रतनपुर र सक्सेस

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही,२५ पौष । शरण सम्झना कपमा रतनपुर र सक्सेस फाइनलमा पुगेका छन । राप्ती क्लबको आयोजनामा घोराहीमा भैरहेको स्व. रामशरण सम्झना स्मृति रनिङ फुटबलकपमा रतनपुर एघार र सक्सेस फुटबल क्लब फाइनलमा पुगेका छन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

आज शुक्रबार भएको सेमीफाइनल खेलमा रतनपुरले मेघा क्लबलाई १-० ले पराजित गरेको थियो भने सक्सेसले फुर्सेखालीलाई ३-१ ले पराजित गरेको छ । रतनपुरका जर्सी न. २ का असीम गुरुङ्गले १ गोल गरेका थिए ।

त्यसैगरी सक्सेसका जर्सी न.७ का अभिषेक ओली,जर्सी न. १० का हर्ष आलेमगर,जर्सी न. ९ का अर्जुन न्यौपानेले १-१ गोल गरेका थिए भने फुर्सेखालीका जर्सी न. ९ का राजकुमार मगरले १ गोल गरेका हुन ।त्यसैगरी शनिबार फाइनल खेल दिउँसो अपरान्ह १:३० बजे नवलपुरमा हुने रेफ्री दीपक पुनले बताउनु भयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

शरण कप फूटबल प्रतियोगितामा प्रथम हुने क्लबलाई नगद रु. ५५ हजार ५ सय ५०,प्रमाण पत्र र मेडल तथा मेडल रहेको छ भने द्धितिय हुने क्लबलाई नगद रु २५ हजार ५ सय २५ र प्रमाण पत्र तथा मेडल प्रदान गरिने आयोजक राप्ती क्लबका अध्यक्ष अध्यक्ष बसन्त पूरीले बताउनु भयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *