केहि वर्ष पहिले सम्म निर्माण व्यवसायीहरुलाई हेर्ने दृष्टिकोण त्यति राम्रो थिएन । ठेकेदारलाई नेपाली समाजले तल्लो स्तरको पेसा व्यवसायको रुपमा लिने गरेको थियो । ठुलो कारोबार र राज्यसँग जोडिएर काम गर्ने भएका कारण आम मानिसले ठेकेदारीलाई ठग्ने, झुक्काउने पेसा व्यवसायको रुपमा ब्याख्या गर्ने गरेका थिए ।
तर अहिलेको नेपाली समाजमा ठेकेदारीलाई निर्माण व्यवसायको रुपमा बुझ्ने भैसकेको छ । अहिले सम्मानित व्यवसाय मात्र हैन, जिम्मेवारी बोध गर्ने गतिलो व्यवसाय हो भन्ने गरिएको छ । निर्माण व्यवसाय देशको आर्थिक विकास, भौतिक पुर्वाधारको निर्माण मात्र हैन, देशको काँचुली फेर्ने गहन र जिम्मेवारी पेसा हो ।
व्यवसाय हो । यो पेसा व्यवसाय माथि आज आएको परिवर्तित दृष्टिकोणमा केहि राम्रा निर्माण व्यवसायीहरु छन्, जस्ले आफ्नो व्यक्तिगत स्वार्थ र लोभको पछाडी भन्दा समग्र नेपाली समाजको विकास र परिवर्तनका लागि काम गर्दै आएका छन् । त्यस्ता कम निर्माण व्यवसायीहरु मध्य एक हुनुहुन्छ, प्रविण भण्डारी ।
घोराही उपमहानरपालिका वडा नं. १६ भगवानपुर निवासी भण्डारीले २३ वर्ष लामो समयमा एक सय बढि साना ठुला भौतिक पुर्वाधार निर्माणमा राज्यलाई सहयोग गर्नुभएको छ । आज भन्दा करिव २३ वर्ष अगाडी २०५४ सालमा सल्यान कपुरकोटबाट निर्माण व्यवसाय सुरु गर्नुभएको भण्डारी जिल्लाकै उत्कृष्ठ निर्माण व्यवसायीको रुपमा चर्चित हुनुहुन्छ । कपुरकोटको अदुवाबाली अनुसन्धान केन्द्रको भवन निर्माणका लागि २ लाख ९५ हजार रुपैयाको ठेक्का सञ्चालन गर्नुभएको थियो ।
एक वर्षमै निर्माण सम्पन्न गरेपछि उहाँले यो क्षेत्रमा काम गर्नुपर्छ भन्ने महसुस भयो । त्यसपछिका विभिन्न ठेक्काका कामहरुका लागि पछाडी फर्किने अवस्था आएन । ‘मैले काम सुरुवात गर्दा र अहिलेको समयमा धेरै परिवर्तन आईसकेको छ । पहिले बसको छतमा राखेर सिमेन्ट बोक्नु पथ्र्यो, खोलामा मान्छेले बालुवा बोक्नु पथ्र्यो, तर अहिले त्यस्तो रहेन, धेरै परिवर्तन भएको छ ।’ निर्माण व्यवसायी भण्डारीले भन्नुभयो, ‘ठेक्का पाउनका लागि नै धेरै समस्या थियो, आफुले नै लफडावाला काम गरिएछ की भन्ने लाग्थ्यो, तर अहिले अनलाईनबाट सबै काम हुन्छ ।’
भण्डारीले क वर्गको लाईसेन्स लिएर काम गरिरहनु भएको छ । गुणस्तरीय कामका लागि उहाँले तिरुपाते निर्माण सेवा प्रालीले लामो समयदेखि काम गर्दै छ । दाङ, सल्यान, रुकुम, रोल्पा र बर्दियाका विभिन्न स्थानमा पुगेर उहाँले निर्माणका काम गर्नुभएको छ । विषेश गरी भवन, सडक र सिंचाईको क्षेत्रमा काम गर्दै आउनु भएका भण्डारीले अहिले ४ सय भन्दा बढि ब्यक्तिलाई रोजगारी दिनुभएको छ । निर्माण व्यवसायीहरुको अहिलेको सबै भन्दा ठुलो समस्या ठेक्का सम्झौता अनुसारको समयमा बजेट निकासा हुँदैन ।
यस्ले समयमा काम सम्पन्न गर्नका लागि धेरै समस्या हुने गरेको भण्डारीले बताउनुभयो । अहिले देश नयाँ संरचनामा गएपछि सञ्चालनमा रहेका आयोजनाहरु संघबाट प्रदेशमा गए । तर प्रदेशले त्यसको स्वामित्व ग्रहण गर्न सकेनन् । समय लाग्यो । त्यसले गर्दा भण्डारी सहित देश भरका निर्माण व्यवसायीहरुलाई समयमा काम सञ्चालन गर्नका लागि समस्या भयो । ‘अर्को समस्याको रुपमा कच्चा पदार्थ हो, त्यो सहजै रुपमा प्राप्त गर्न सकिदैन । कृत्रिम अभावका कारण हामीलाई मारमा पर्नुपर्ने बाध्यता हुन्छ ।’ भण्डारीले भन्नुभयो, ‘अहिले प्रक्रिया ठिक छ, अनलाईन सिस्टममा राखेको छ, पुर्ण रुपमा अनलाईन सिस्टममा गएको दुई वर्ष भयो, त्यस भन्दा अगाडी निर्माण व्यवसायीहरुलाई धेरै नै समस्या हुने गरेको थियो ।’
निर्माण व्यवसायीहरुले धेरै पैसा कमाउछन् भन्ने समाजमा छ, तर घाटा त्यो भन्दा बढि छ भन्ने सोँच त्यति धेरै छैन । ‘प्रत्येक आयोजनामा सरकारले १५ प्रतिशत मार्जिन राखेको हुन्छ, त्यसमा बसेर काम गर्ने हो, मालम्याटरियलहरु नजिक भए सहज हुन्छ र सस्तो पर्छ, हैन भने घाटामा जान पनि सकिन्छ ।’ भण्डारीले भन्नुभयो, ‘जिल्लाले तोकेको दररेट भाउ अनुसार काम गर्न सक्ने बाताबरण नै हुँदैन ।’ भण्डारीले अहिले पनि १२÷१५ वटा आयोजनाहरुको काम गरिरहनु भएको छ ।
देउखुरीको गढवा र सिसहनियाको तटबन्ध, पर्सेनीको बाटो कालोपत्रे, घोराही नवलपुरको बाटोमा नाला निर्माण, सरकारी वकिल कार्यालयको भवन निर्माण लगाएतका कामहरु उहाँले चलाईरहनु भएको छ ।
घोराहीमै जन्मिनु भएका भण्डारीले जयशेर मावि रावतगाउँ, पद्योदय मावि भरतपुर, मावि नारायणपुर, मावि रझेना र महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययन गर्नुभएको हो । २०५८ सालमा देवा भण्डारीसँग बैबाहिक जीवनमा बाधिनु भएको भण्डारीको दुई छोरा हुनुहुन्छ ।