असहाय बालबालिकालाई नगद र खाद्यान्न सहयोग

Blog Post Ad Blog Post Ad Blog Post Ad

तुलसीपुर, २३ असोज | रेडियो हाम्रो पहुँचको समन्वयमा बिजौरीमा रहेको असहाय बालविकास नेपालका बालबालिकालाई सहयोग प्रदान गरिएको छ । वैदेशिक रोजगारीको शिलशिलामा दुवईमा रहनुभएका तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का उपेन्द्र पौडेलले अनाथ बालबालिकालाई नगदसहित खाद्यान्न सहयोग गर्नुभएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

पौडेलकी धर्मपत्नी सरिता पौडेल र उहाँकी छोरी युसा पौडेल र रेडियोका स्टेशन म्यानेजर बसन्त पौडेलले आज असहाय बालविकासको कार्यालयमा पुगेर नगद १० हजार सहित ५० केजी चामल, ५ केजी दाल, ५ लिटर तेल र नुन लगायतका खाद्यान्न हस्तान्तरण गर्नुभयो । असहाय बाल विकास नेपालका संचालक बिष्णु चौधरीले सहयोग गर्ने पौडेल परिवारलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

उहाँले विभिन्न सहयोग मनहरुकै कारण असाहाय बालविकास नेपाल संचालन भएको भन्दै आगामी दिनमा सदैव साथ र सहयोग पाउने बताउनुभयो । बिजौरी असहाय बालविकास नेपालमा अहिले १७ जना असहाय बालबालिकाले आश्रय लिइरहेका छन् । असहाय बालबिकास नेपालमार्फत टुहुरा बालबालिकाले पालन पोषणसंगै अध्यापनसमेत गरिरहेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *