कालापानीवाट तत्काल भारतीय सेना फिर्ता गर्न माग

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ,पुस २२ । मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले भारतले मिचेको नेपाली भूभागबाट भारतीय सेना तत्काल फिर्ता गर्न माग गरेको छ । दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजाललाई मंगलवार ज्ञापन पत्र बुझाउँदै शान्ति समाजले लिम्पियाधुरा,लिपुलेक र कालापानी नेपाली भूभाग भएको हुँदा कालापानीबाट तत्काल भारतीय सेना फिर्ता गर्न माग गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

भारतले एकतर्फि रुपमा प्रकाशित गरेको नयाँ राजनीतिक नक्सा तुरुन्त सच्याउन शान्ति समाजले माग गरेको छ । त्यसका लागि सरकारले कुटनीतिक तथा राजनीतिक स्तरबाट पनि व्यापक पहल गर्नुपर्ने समाजको माग छ ।

शान्ति समाजका केन्द्रिय महासचिब सुशील बस्नेतको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय दाङमा पुगेको टोलीले यस सम्बन्धमा भारतका प्रधानमन्त्रीसँग छलफल अघि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

संवेदनशिल विषयमा नेपाल सरकारले कुटनीतिक र राजनीतिक तवरमा गरेको पहलसहितको सम्पूर्ण विवरण समावेश गरी श्वेतपत्र जारी गर्न प्रधानमन्त्री ओलीलाई समाजले आग्रह गरेको छ ।

दाङ शाखा सभापति शरद रेग्मीले प्रमुख जिल्ला अधिकारी रिजाललाई उक्त मागसहितको ज्ञापन पत्र बुझाएका हुन । त्यसक्रममा दाङ शाखा उपसभापति तुल्सीराम सुनार र अपांगता क्षेत्रको केन्द्रीय बिभागिय प्रमुख नविन पोखरेल लगाएको सहभागिता थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *