दाङ,२२ पौष | घोराहीको नवलपुरमा भैरहेको स्व. रामशरण सम्झना कपमा चारवटा क्लब क्वाटर फाइनलमा प्रवेश गरेका छन । रतनपुर एघार, फुर्सेखाली युवा क्लब,मेघा युवा क्लब र सक्सेस फुटबल क्लब सेमी फाइनलमा प्रवेश गरेका हुन । मंगलबार बिहान भएको खेलमा रतनपुर एघारले हापुरलाई ३-० ले पराजित गरेको थियो | रतनपुर एघारका जर्सी न १८ का खिम घर्ती,जर्सी न १२ का सन्दिप ओली र जर्सी न ९ का स्वप्निल कुमाइले १-१ गोल गरेका थिए |
त्यसैगरि दिउसो भएको खेलमा फुर्सेखालीले अटललाई ३-१ ले पराजित गरेको थियो । फुर्सेखालीका जर्सी न ६ का आशिक पुनले २ गोल र जर्सी न ९ का राजकुमार रोकाले १ गोल गरेका थिए भने अटलका जर्सी न २२ का सन्तोष बिष्टले १ गोल गरेका थिए |
राप्ती क्लबको आयोजनामा पुस १२ गतेदेखी पुष २६ गतेसम्म हुने दोश्रो सम्झना कप यतिबेला घोराहीको नवलपुरमा भईरहेको छ । नवलपुरमा भईरहेको शरण कप फूटबल प्रतियोगिताको क्वाटर फाइनल सीद्दीएको छ भने पुष २४ गते देखी सेमी फाइनलको नक आउट चरणको खेल हुनेछ।
बिहीबार हुने सेमिफाइनल खेलमा बिहान ८ बजे रतनपुर एघार र मेघा युथ क्लब ,दिउँसो फुर्सेखाली र सक्सेस भिड्ने छन । त्यसैगरी क्वाटर फाइनल खेलबाट ४ वटा टिम बाहिरिएका छन भने ४ ओटा क्लब क्वाटरफाइनलमा प्रवेश गरेको रेफ्री दीपक पुनले जानकारी दिनुभयो ।’
शरण कप फूटबल प्रतियोगितामा प्रथम हुने क्लबलाई नगद रु ५० हजार ५ सय ५५ र प्रमाण पत्र तथा मेडल रहेको छ भने द्धितिय हुने क्लबलाई नगद रु २५ हजार ५ सय २५ र प्रमाण पत्र तथा मेडल प्रदान गरिने छ ।