प्यूठान, १९ पुस | प्युठानमा विद्युतको पोलमा चिप्लेटी खेल्दा एक बालिकाको मृत्यु भएको छ । नौवहिनी गाउँपालिका २ लिगा निवासी सञ्जिता नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
गाउँमा राखिएको विद्युतको पोलमा चिप्लेटी खेल्दा नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नरेन्द्र कुमार कार्कीले जानकारी दिनुभयो ।