राप्ती अञ्चल अस्पतालका डा. अधिकारीद्वारा आश्रमका नागरिकहरुको निशुल्क स्वास्थ्य जांच

Blog Post Ad Blog Post Ad Blog Post Ad

ओमप्रकाश गुप्ता

सिसहनियाँ, १९ पुस । राप्ती अञ्चल अस्पताल तुलसीपुरमा कार्यरत वरिष्ठ फिजिसियन डा. मिनचन्द्र अधिकारीले शुक्रवार  मानसिक सन्तुलन गुमाएका नागरिकहरुको स्वास्थ्य परिक्षण गरेका छन् । दाङ देउखुरीको राप्ती गाउँपालिका ८ पिपरीमा रहेको निलसागर मानव सेवा आश्रममा पुगी उनले स्वास्थ्य परिक्षण गरेका हुन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

आश्रममा रहेका मानसिक रोगी, असहाय,अशक्त तथा जेष्ठ नागरिकहरु निशुल्क स्वास्थ्य जाँच गरेका छन् । उनी सँगै विष्ट स्वास्थ्य पोलिक्लनीकमा कार्यरत एम.वि.वि.एस डा. विवेक पन्थीले स्वास्थ्य परिक्षण गरेका छन् । राम्रा मान्छेहरुको मात्र उपचार गरिरहेका डा. अधिकारीले मानसिक रोगीहरुको निशुल्क उपचार गर्न पाउँदा खुसी लागेको बताए । भने आर्का डा. पन्थीले पनि सेवा गर्ने अवसर आश्रमले जुटाएकोमा धन्यवाद दिएका थिए । आश्रममा रहेका ३१ जना मध्ये पहिलो चरणमा १२ जनाको स्वास्थ्य परिक्षण गरिएको छ । स्वास्थ्य परिक्षण गरिएका मध्ये ४ जनामा उच्च रक्तचाप बाहेक अन्यको अवस्था सामान्य रहेको डा. मिनचन्द्र अधिकारीले जानकारी दिएका छन् । स्वास्थ्य परिक्षण गर्न बाँकी रहेकाहरुको पनि लगत्तै परिक्षण हुने आश्रमका जिल्ला अध्यक्ष प्रकाश विष्टले जानकारी दिएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *