चिसोले गर्दा बारामा फेरि एक जनाको मृत्यु

बारा, १४ पुस | अत्यधिक चिसोका कारण बारामा फेरि एक जनाको मृत्यु भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ स्थित मस्जिद टोलका ५५ वर्षका स्माइल मेहा मन्सुलीको चिसोका कारण मृत्यु भएको वडा अध्यक्ष अस्लम देवानले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

फुसको घरमा बस्दै आएका उनको हिजो मृत्यु भएको वडा अध्यक्ष देवानले जानकारी दिनुभयो । यो सँगै बारामा जाडोका कारण मृत्यु हुनेको संख्या २ पुगेको छ । यसैबीच, पुस लागेदेखि नै शीतलहर सुरु भएको तराई मधेशमा चिसोका कारण जनजीवन प्रभावित बनेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *