‘वडाका आमाबुवालाइ लिएर वडाध्यक्ष भण्डारी तिर्थ हिडे’

Blog Post Ad Blog Post Ad Blog Post Ad

शिवु खनाल
देउखुरी, पुस ८ | दाङको गढवा गाउँपालिका वडा नम्बर ५ का आफ्नो जेष्ठ नागरिकहरुलाई लिएर वडाध्यक्ष प्रकाश भण्डारी तिर्थ जानुभएको छ । गढवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष भण्डारी सहित वडा समितिले आफ्ना वडाका ७० वर्ष भन्दा माथिका ६५ जना जेष्ठ नागरिकहरुलाई लिएर तिनदिनको लागि तिर्थ जानु भएको हो ।


वडाको जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्र्तगत एक लाख ६० हजारको बजेटबाट गढवा गाउँपालिका वडा नम्बर ५ का ७० वर्ष भन्दा माथिका ६५ जना जेष्ठ नागरिकहरुलाई सम्मान स्वरुप दाङको लमही देखि करिब ५ सय किलोमिटर दुरीमा रहेको पशुपतिनाथ मन्दिर, दक्षिणकाली मन्दिर, स्वयम्भु, चिवनको देवघाट र सिजी ट्याम्पल दर्शनको लागि लिएर जान लागेको वडाध्यक्ष प्रकाश भण्डारीले जानकारी गराउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

वडाका जेष्ठ नागरिकहरुलाइ धार्मिक भ्रमण लिएर जान पाउँदा ठूलो दायित्व पुरा गरेको अनुभुति भएको वडाध्यक्ष भण्डारीले बताउनुभयो । वडाका जेष्ठ नागरिकहरु पनि धार्मिक भ्रमण गर्न पाउँदा खुसि भएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यस्तै गत वर्ष लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष बिमबहादुर केसीले पनि वडा भित्र रहेका ७५ वर्ष भन्दा माथिका ७० जना जेष्ठ नागरिकहरुलाई तिर्थ गराउनु भएको हो । वडाध्यक्ष केसीले लमही देखि ३५ किलोमिटर दुरीमा रहेको धारपानी पाण्डवेश्वर मन्दिर दर्शन गराउनु भएको थियोे ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *