उपमहानगर विरुद्ध पीडित अनसनमा

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, पुस ८ । आउदो पुस २२, २३ र २४ गते घोराहीमा आयोजना हुन थालेको राष्ट्रिय चलचित्र महोत्सवको विषयमा अपमान गरेको भन्दै आयोजक समितिका संयोजक केएल पीडित अनसन बस्नु भएको छ । उपमहानगरपालिकाकै विकासका लागि आयोजना गरिएको चलचित्र महोत्सवका लागि थोरै आर्थिक सहयोग दिएको भन्दै आयोजक समितिका संयोजक पीडितले घोराही उपमहानगरपालिका अनशन सुरु गर्नुभएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जिल्लामा रहेर पत्रकारीता, चलचित्र र साहित्य क्षेत्रमा क्रियाशिल रहेका पीडितले आफुले राष्ट्रिय स्तरको कार्यक्रम गर्दै गर्दा उपमहानगरले त्यसलाई अपनत्व नलिएको र थोरै आर्थिक रकम छुट्याएर नेपाली कला, साहित्य र चलचित्र क्षेत्रलाई अपमान गरेको बताउनुभयो ।

स्थानिय सरकारका नेतृत्वकर्ताले वेवास्था गरेको भन्दै उहाँले आफु स्थानिय सरकारको विरुद्धमा अनसन बसेको बताउनुभयो । आफुहरुलाई उपेक्षा गरिएको र उपमहानगरले आफुहरुलाई आवश्यक बजेट विनियोजन नगरेको उहाँको भनाई छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

तर घोराही उपमहानगरपालिकाका प्रसासकिय अधिकृत ऋषिराम केसीले कार्यपालिकासँग कुनै कुरा नराखेर विरोधमा उत्रिएको बताउनुभयो । साथै उहाँले उपमहानगरसँग स्पष्ट माग नराखेर सहयोग रकम माग मात्रै गरको हुदाँ २० हजार रुपैँया सहयोग गरेको जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *