दाङमा दुईजना भारतीय गाेरू तस्करी सहित ५४ वटा गाेरूहरू प्रहरीको नियन्त्रणमा

Blog Post Ad Blog Post Ad Blog Post Ad

शिवु खनाल

दाङ, पुस ६ | दुईजना भारतीय नागरिक सहित ५४ वटा गाेरूहरू ईलाका प्रहरी कार्यालय गढवाले नियन्त्रणमा लिएको छ । गए राति १ बजे दाङको गढवा गाउँपालिका वडा नम्बर ५ मुसिधार गाउँबाट दुईजना भारतीय नागरिक सहित ५४ वटा गाेरूहरू नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरिक्षक भरतसिंह राठाेरले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

पक्राउ पर्नेमा भारतीय नागरिक भारतकाे बलरामपुर जिल्ला थानालजरूवा मकवानपुर पंचायत घर भएका वर्ष २७ का माेहम्मद अनिस सिद्दिकि र साेहि ठाउँ निवासी ५६ जाेगि मुसलमान रहनु भएको छ । निरिक्षक राठाेरका अनुसार ५४ वटा भारतीय गाेरूहरू गढवा गाउँपालिका वडा नम्बर ८ मुसिधार गाउँबाट ल्याउदै गरेको अवस्थामा पक्राउ गरिएको हाे । पक्राउ गरिएको दुई जना भारतीय नागरिक र गाेरूहरू नेपालगंज भन्सार कार्यालयमा पठाउने तयारी गरिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *