ट्याक्टरको ठक्करबाट मृत्यु भएकी बालिको शब परिवारले बुझे

Blog Post Ad Blog Post Ad Blog Post Ad

तुलसीपुर , ५ पुस | तुलसीपुरमा बिहिबार ट्याक्टरको ठक्करबाट मृत्यु भएकी बालिकाको शब आज परिवारले बुझेका छन् । मृतक बालिकाका बुवा विदेशबाट घर आएर आज पिडित पक्षहरु संग छलफल भएपछि परिवारले शब बुझेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दोषीलाई कानुनी अनुसार कारवाही गर्ने र पिडितलाई उचित न्याय दिने सहमतीमा पिडित पक्षले शव बुझेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । बिहिबार बिहान पौने दश बजे तुलसीपुर–५ गोदामघर नजिकै ट्याक्टरको ठक्करबाट तुलसी आवासीय माध्यमिक विद्यालय कक्षा ८ मा अध्ययनरत तुलसीपुर ७ शिवनगर निवासी १३ वर्षिया बिजिता केसीको घटना स्थलमै मृत्यु भएको हो ।

रा १ त १४३५ नम्वरको ट्याक्टर चालकको लापरबाहीका कारण घटना भएको भन्दै पिडित पक्षले दोषीलाई कडा कारवाहीको माग गदै शव बुझन मानेका थिएनन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सोहि ट्याक्टरको ठक्करबाट सोहि विद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्रा १४ वर्षिया मनिषा वली सामान्य घाईते भएकी थिईन् । प्रहरीले ठक्कर दिने ट्याक्टर र चालकलाई नियन्त्रणमा लिईसकेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *