कालीतरामा झोलुंगे पुलको शिलान्यास

दिप्तीशिखा चौधरी
दंगीशरण, पुस १ । दंगीशरण गाउँपालिका वडा नं. १ कालीतरामा निर्माण हुने आमखोला घाट मलई खोला झोलुंगे पुलको मंगलबार शिलान्यास गरिएको छ । मंगलबार सांसद धमकली चौधरी र गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले एक कार्यत्रलमका विच शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा बोल्दै सांसद धमकली चौधरीले विकाश निर्माणमा विभिन्न संघस्ंथा लागिपरेको भन्दै यसले सरकारलाई सहयोग पुग्ने बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सरकारको मात्र दायीत्व सम्झनेहरुका लागि यो कार्य उदाहरण बनेको बताउनुभयो । यस्तै गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले दंगीशरण वडा न. १ का बासीका लागि खुसीको कुरा भएको भन्दै सेवा प्रस्थान नेपाललाई धन्यवाद ब्यक्त गर्नुभयो । सो अवसरमा अध्यक्ष चौधरीले बर्सौदेखि बर्खायाममा बाढिको समस्याबाट ग्रसीत भएका वडाबासीहरुलाई अव सहज हुने भन्दै विका निर्माणमा हरेक क्षेत्रबाट सहकार्यको आवश्यक रहेको बताउनुभयो । सेवा प्रस्थान नेपालको करीव २६ लाखको लागतमा ३२ मिटर लम्बाई रहेको झोलुंगे पुल निर्माण हुन लागेको उपभोक्ता समितिका सचिव चन्द्रकला भण्डारीले जानकारी दिनुभयो । पुल निर्माणपछि दंगीशरण र शान्तीनगर गाउँपालिका जोडिनुका साथै आम नागरीकलाई सहज हुनेछ ।

शिलान्यास कार्यक्रममा ७० बर्षका नोखु वलीले नमर्दै पुलबाट हिड्न पाईने भो भन्दै खुसी ब्यक्त गर्नुभयो । यस्तै ७० बर्षका विजय सिंह रोका नुन तेल चामल किन्न हिजोका दिनमा खोला तरेर जानु पथ्र्यो भन्दै अव त्यो समस्याबाट मुक्त भएको बताउनुभयो । पुल बन्न थालेपछि अहिले त्यहाका स्थानीय खुसी भएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *