ज्येष्ठ नागरिकको सम्मान, घोराही उपमहानगरद्धारा घरमै उपचार

रीता लामा
घोराही उपमहानगरपालिका वडा नम्वर ४ गोग्लीका ९१ बर्षिय मुमाकान्त आचार्य र उनकी ८४ बर्षिया पत्नी भुमा आचार्यको शुक्रवार घरमै पुगेर स्वास्थ्य जाँच भयो । घोराही उपमहानगरको स्वास्थ्यकर्मी, वडामा रहेको स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी सहितको टोली स्वास्थ्य जाँच गरे ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


उनको घरमा स्वास्थ्यकर्मी मात्र पुगेनन् । नगरकी उपप्रमुख सीता सिग्देल न्यौपाने पनि पुगिन् । उपप्रमुख सहित पुगेका टोलीले उनीहरु दुवै जनाको स्वास्थ्यको जाँच गरे, बृद्ध दम्पतीको नियमित खानपान, औषधी उपचार, बसोवास र परिवारका सदस्यले गर्ने व्यवहारको विषयमा उपप्रमुखले बुझ्ने प्रयास गरिन् । जनप्रतिनीधि सहित घर मै उपचारको लागि आउदा र मिठो बोली सहित हालखवर बुझ्दा बृद्ध दम्पत्ती निकै उत्साहित भएका थिए ।


वडा नम्वर ४ कै ७९ बर्षिय कल्लु थारु र उनकी ७५ बर्षिया रामकली थारुको घरमा पनि उनीहरु पुगे । अस्पतालमा घण्टौ लाइन लागेर मु्स्किलले उपचार पाउने उनीहरु घरमै स्वास्थ्यकर्मी र जनप्रतिनीधि आउदा खुसीले आँसु नै झारे । निकै मायाँ र आदरको व्यवहार पाउदाँ उनीहरु खुसी भएका थिए । सरकारले दिएको भत्ता कै कारण दैनिक गुजारामा सहज भएको बताउने थारु दम्पत्तीले अव फेरी घरै उपचार पाउँदा सरकारलाई धन्यावाद समेत भने । उपप्रमुखले पनि उनीहरुलाई केही समस्या परे वडा अध्यक्ष वा आफुलाई खवर गर्न बृद्ध दम्पत्तीलाई आग्रह गरे ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


घोराही उपमहानगरले चालु आर्थिक बर्ष देखि एउटा नयाँ कार्यक्रम सुरु गरेको छ । ज्येष्ठ नागरिकलाई घरमै उपचार सहित भेटघाटको कार्यक्रम । जनप्रतिनीधिहरु र स्वास्थ्यकर्मीहरुसँगसँगै घरमै पुगेर ७० बर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुको स्वास्थ्य जाँच, उपचार उनीहरुको अवस्था अध्ययन सुरु गरेको हो । शुक्रवार देखि सुरु भएको उक्त कार्यक्रम अन्तरगत अहिले जनप्रतिनीधि सहितको टोलीले घरघरमा पुगेर उपचार गरिरहेका छन् । यो क्रम महिना भरी चल्ने उपमहानगरले जनाएको छ ।

अघिल्ला बर्षहरुमा निश्चित स्थानमा स्वास्थ्य शिविर गर्ने उपमहानगरको स्वास्थ्य शाखाले चालु आर्थिक बर्ष देखि भने घर मै पुग्ने कार्यक्रम ल्याएको हो । जहाँ स्वास्थ्यकर्मीको साथमा अनिवार्य जनप्रतिनीधि पनि हुनुपर्ने नगरप्रमुखको निर्देशन नै भएको बताइएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उपमहानगरका १९ वटै वडाका ज्येष्ठ नागरिकहरुको घरमै पुगेर उपचार, औषधी बितरण, परामर्श गर्ने गरी जेष्ठ नागरिक स्वास्थ्य हेरचाह घरभेट कार्यक्रम सुरु गरेको नगरका स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तिले बताए ।

‘घोराही उपमहानगरका प्रमुख नरुलाल चौधरीको योजनामा अघिल्लो बर्ष देखि नै घरमै पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य जाँचको कार्यक्रम गर्ने थियो ।’ उनले भने ‘कानुन निर्माण र भौतिक पुर्वाधार निर्माण मै अल्झिएको हुदा अघिल्लो बर्ष सुरु गर्न सकिएन सोही कारण चालु आर्थिक बर्ष देखि यो कार्यक्रम सुरु गरेका हौ ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रममा घोराही उपमहानगरपालिकाका कार्यवहाक प्रमुख सीता सिग्देल न्यौपाने र वडा अध्यक्ष सहितको टोली वडाका विभिन्न क्षेत्रमा पुगेर उपचारको काम गरिरहेको छ । यो कार्यक्रमलाई अव निरन्तरता दिने घोराही उपमहानगर स्वास्थ्य शाखाले जनाएको छ । दैनिक रुपमा शाखा र शाखा मातहत वडामा रहेका स्वास्थ्यकर्मीहरु, जनप्रतिनिधि सहित प्रत्येक वडामा मासिक वा द्धैमासिक रुपमा जेष्ठ नागरिकहरुको सम्मानका लागि घरमै स्वास्थ्य जाँच गर्नेछन् ।

स्वास्थ्य जाँच कार्यक्रममा स्वास्थ्यकर्मीसँगै भेटिनुभएकी उपप्रमुख सीता सिग्देल न्यौपाने ज्येष्ठ नागरिकको सम्मानले मात्रै नयाँ पुस्ताले सामाजिक रुपान्तरणको कामलाई प्रभावकारी बनाउन सक्ने हुदाँ आफुहरुले यस प्रकारको कार्यक्रम सुरु गरेको बताइन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

‘परिवारले समेत जेष्ठ नागरिकको सेवा, सम्मान गर्नुपर्छ भन्ने सन्देश दिन पनि उपमहानगरले घरमै पुगेर स्वास्थ्य जाँचको कार्यक्रम ल्याएको हो ।’ उनले भनिन् ‘परिवारमा जेष्ठ नागरिकलाई उपयुक्त वातावरण छ, छैन भन्ने बुझ्न र परिवारका सदस्यलाई समेत उचित परामर्श दिएर जेष्ठ नागरिक मैत्री परिवार निर्माण गर्न सुरुवात गरेका छौ ।’


उपप्रमुख न्यौपानेका अनुसार चुनाव जितेर गए पछि फर्केर आएनन् भन्ने गुनासोलाई चिर्नको लागि पनि यस कार्यक्रमले सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो । जनताको मन जित्नको लागि भए पनि जनप्रतिनीधि फेरी घरघरमा फर्केर आएको सन्देश दिन यस्तो कार्यक्रम गरेको बताइन् । यस कार्यक्रमले जेष्ठ नागरिकको अनुभव, सीप र ज्ञान नयाँ पुस्ताले ग्रहण गरि उनीहरुलाई सृजनशिल बनाउन उत्प्रेरित गने विश्वास व्यक्त गरे ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही उपमहानगरले अहिले ५ वटा स्वास्थ्यकर्मीको टोलीले जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य जाँचको कार्यक्रम सुरु गरेका छन् । चालु आर्थिक बर्षमा उक्त कार्यक्रम सञ्चालन र औषधी खरिदका लागि ५ लाख रुपैयाँ बजेट विनियोजन भएको उपमहानगरको भनाई छ ।
अहिले नगरको प्रत्येक वडामा तीन सय देखि पाँच सयसम्म ७० बर्ष माथिका जेष्ठ नागरिक रहेको अनुमान गरिएको छ ।

उनीहरुलाई नियमित र अनिवार्य घरमै उपचारको व्यवस्था गर्ने कार्यक्रमलाई निरन्तरता दिने उपमहानगरले जनाएको छ । जसको लागि एउटा वडामा ३ देखि ५ दिनसम्मको समय लाग्ने स्वास्थ्य शाखाले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *