जिएस समाज सेवा युवा क्लव बातु पाहात मलेसियाले उठायो साडे ७ लाख सहयोग

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही, पुस १ । वैदेशिक रोजगारीको क्रममा मलेसियामा मृत्यु भएका दाङ तुलसीपुरका अनिल नेपाली परियारको आफन्तहरुको लागि सहयोग संकलन भएको छ । परियार सेवा समाज दाङका अध्यक्ष तथा केन्द्रिय सदस्य केशव नेपाली परियारको पहलमा जिएस समाज सेवा युवा क्लव बातु पाहात मलेसियाले संकलन गरेको सहयोग रकम मृतक अनिल नेपालीको परिवारलाई हस्तान्तरण गरिने भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नेपाल पत्रकार महासंघ दाङ घोराहीमा बुधबार विहान एक कार्यक्रमको आयोजना गरेर संकलन भएको ७ लाख ३४ हजार ९ सय ७१ रुपैया हस्तान्तरण हुने परियार सेवा समाज दाङका अध्यक्ष केशव नेपालीले जानकारी दिनुभयो । केशव नेपाली परियार युवा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संघर्ष समितिका बरिष्ठ उपाध्यक्ष समेत हुनुहुन्छ । उहाँको पहलमा मलेसियामा कार्यरत सम्पुर्ण नेपालीहरुले दाङ तुलसीपुर ५ कुररियाका अनिल नेपालीको परिवारलाई सहयोग रकम संकलन गरेका थिए ।

मलेसियाको सुङलिग कम्पनीमा कार्यरत अनिल नेपालीको उपचारकै क्रममा मलेसियामा मृत्यु भएको थियो । आर्थिक अवस्था कमजोर भएका मृतक नेपालीको परिवारलाई सहयोग गर्ने उदेश्यले रकम संकलन भएको र पत्रकारहरुको रोहवरमा रकम हस्तान्तरण गर्न थालेको उहाँले बताउनुभयो । साथै सहयोग हस्तान्तरण कार्यक्रममा उपस्थितीका लागि केशव नेपालीले अनुरोध गर्नुभएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *