दाङ, २५ मंसीर | चिकित्सक, सगरमाथा डेन्टल क्लिनिकका एमडि तथा कलाप्रमि ईश्वर पौडेलले नृत्य बिद्याको महासंग्राम डान्स आइकन नेपाल (डिआईएन) लाई सहयोगको घोषणा गर्नुभएको डान्स आइकन नेपाल (डिआईएन)का अध्यक्ष बिष्णुकुमार देवकोटाले जानकारी दिनुभएको छ । राष्ट्र व्यापी नृत्य बिद्याको महासंग्राम दाङ बाट सुरुभएकाले आफुले सहयोगको घोषणा गरेको पौडेलको तर्क छ ।
दाङको चिकित्सा (दाँत)को क्षेत्रमा योगदान पुर्याउँदै आउनुभएका बरिष्ठ चिकित्सक पौडेलले डान्स आइकन नेपाल (डिआईएन)का फाईनलिस्ट हरुमध्ये बिजेतालाई साउण्ड सिस्टम उपहारस्वरुप दिने घोषणा गर्नुभएको छ । साहित्यकार तथा गीतकार सविन प्रियासनले नृत्यको महासंग्राम डान्स आईकन दाङ (डिआईएन)मा सहभागि हुने एक जा पुरुष र एक जना महिला सभगागिलाई आफ्नो म्युजिक भिडियोमा स्थानदिने घोषणा गर्नुभएको छ ।
डान्स आईकन नेपाल (डिआईएन)को प्रथम तथा द्धितिय श्रीङ्खलाहरु भव्यतमका साथ सुसम्पन्न भईसकेपछि तेश्रो संस्करणको घोषणा आज दाङमा गरीएको हो । दाङ जिल्लालाई आधार बनाएर प्रदेश नं ५ का सबै जिल्लाहरु र अनलाईन अडिसन मार्फत देशैभरी अडिसनको व्यवस्था मिलाईएको नृत्यको महासंग्रामको सबै तयारी पुरा गरीएको आयोजकले जनाएको छ । मोफसलबाट संचालनमा आएको डान्स आईकन नेपाल (डिआईएन) सर्बा्िधक सफल नृत्य बिद्याको महासंग्राम हो ।
तत्कालिन डान्स आईकन दाङ (डिआईडि) का विभिन्न टाईटल बिजेताहरु देशकै सर्बा्िधक ठूलो नृत्य को प्रतियोगितामा आफ्नो कला देखाईसकेका छन् । डान्स आईकन नेपाल (डिआईएन)मा बिजेता हुने र अन्य फाईनलिस्टहरुले १ लाख ११ हजार १ सय एक रुपैयाँ सहित २० वटा अफिसियल म्युजिक भिडियोहरुमा अभिनय गर्नै अबसर, प्रमाण पत्र, मेडल तथा विभिन्न आकर्षक गिफ्ट ह्याम्परहरु प्राप्त गर्नै छन् ।
पौष महिनाभरी अडिसन लाई बिकट तथा दूर दराजका ग्रामिणभेगहरुमा अडिसन लिई विभिन्न चरणहरुमा प्रतिस्पर्धा गराई सहभागिहरुको मनोबल, क्षमता, तथा व्यक्तित्व बिकासमा महत्वपुर्ण टेवा पुर्याउने कार्यक्रमको लक्ष्य रहेको आयोजकले जनाएको छ । बि.संको नयाँ बर्षमा समापन गरीनेगरी व्यवस्था मिलाईएको नृत्यको महासंग्राममा करीब ५ हजार जनाले भाग लिने अपेक्षा गरीएको छ ।