अधिकारकर्मी आफै असुरक्षित

Blog Post Ad Blog Post Ad Blog Post Ad

रीता लामा
घोराही, २४ मङ्सिर | दाङ देउखुरीकी एक महिलालाई श्रीमानले घरबाट निकाला गरे । श्रीमतीसँगको दशक लामो सम्बन्धबाट छुटकारा पाउन ती पुरुषले महिला माथि शारीरिक, मानसिक हिंसा गरे । अझ नपुगेर घरबाटै निकाला गरे । एक छोरा र छोरी सहित घरनिकाला परेकी ती महिला अधिकारकर्मी रचना सुवेदीको सम्पर्कमा आइन् ।


रचना कै सहयोगमा ती महिलाले अदालतमा अंश दावि सहितको मुद्दा दायर गरिन । र घोराही मै रहेको महिला सेवा केन्द्रमा बस्न थालिन् । जव ती महिला रचनाको सम्पर्कमा आइन् तव ती पुरुषले आफ्नो श्रीमतीलाई मात्र होइन रचनालाई समेत रातदिन धम्काउन थाले । बाटोमा भेटहुदाँ होस वा अदालतपुग्दा तथानामा गाली गलौच र वेइज्जत गर्न थाले । ‘तेरैकारण सम्पती दिन पर्यो । तँलाई छोड्दैन ’ भन्न थाले । उहाँले भन्नुभयो ‘यती गाली पाइयोकी बाटोमा हिड्दा अरु लोग्ने मान्छे पनि त्यही पुरुषको अनुहार गरे जस्तो लाग्थ्यो । घरबाट निस्कनै डर लाग्थ्यो ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad


घोराही कै एक महिलालाई सासुले घरबाट निकाला गरिन् र रचनाको पहलमा स्थापना भएको सक्षम महिला पुर्नस्थापना केन्द्रमा गुहार माग्न आइन् । ती महिलाको विषयमा घरमा बुझ्न जादाँ उनकी सासुले कुट्ने प्रयास गरिन् । त्यो क्षण आफुले भागेर ज्यान बचाएको रचना सुनाउनुहुन्छ । पछि ती महिलाको अधिक डिप्रेशनको कारण मृत्यु भएको थियो ।

तुलसीपुर, १३ डुरुवाकी एक महिलाले अदालतबाट अंश मुद्दामा जितिन् । महिलाले घरबाट अंश पाउने भनेर अदालतले फैसला पछि महिला सहित घर पुग्दा उहाँ सहितका महिला अधिकारकर्मीको टोलीलाई पीडिक पक्षको ठुलो जमातले घेरा हालेर कुटपिटको प्रयास गरे । डर त्रास, गाली गलौचमा उत्रिए । ‘ठुलो समुहले घेरा हालेको थियो । अदालतमा जानकारी गराए । अदालतले दुई मिनेट मै प्रहरी पठाई दिनुभयो र हामी बच्यौ ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

महिला अधिकारको पक्षमा काम गर्दा उहाँले यस्ता धेरै पिडा भोगेकी छन् । सयौ धम्की, हजारौ पटक गालीगलौच र आरोपको गन्ती नै छैन । पटकपटक आफु माथि यस्तो व्यवहार हुदाँ ‘हामीले कहाँ गएर न्याय पाउने होला ? जस्तो लाग्छ उहाँलाई ।

विगत दुई दशक देखि महिला अधिकारकर्मीको रुपमा क्रियाशिल रचना कहिलेकाही आफै अन्यायमा परेको महसुस गर्नुहुन्छ । ‘हामीले हाम्रो जिम्मेवारी पुरा गरेको, सेवाभावले काम गरेको फल यही हो त ? जस्तो पनि लाग्छ ।’ उहाँले भन्नुभयो ‘प्रहरी, अदालत, स्थानिय तहका जनप्रतिनीधिहरुले हाम्रो कुरा सुने मात्रै पनि न्यायको महसुस हुन्छ ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

महिला अधिकारकर्मीको रुपमा क्रियाशिल स्टाफ नर्स एवम् जिल्ला स्तरिय एकद्धार संकट व्यवस्थापन प्रणालीकी प्रमुख राधा पौडेल आफुहरुलाई धेरै धम्की आउने गरेको बताउनुहुन्छ । ‘बाटोमा हिड्दा पनि कसैले आक्रमण गर्छकी, गाली गलौच गर्छकी भन्ने डर लागिरहन्छ ।’ उहाँले भन्नुभयो ‘पीडकबाट गालीगलौच धम्कीको त कुरै नगरौ, भौतिक आग्रमण मै उत्रने प्रयास धेरै पटक भएको छ ।’

महिला पुनस्थापना केन्द्रको रुपमा संचालित ओरेक नेपालकी जिल्ला संयोजक इश्वरी थापा पीडक जस्तै चर्को स्वर अधिकार कार्यान्वयन गर्ने निकायबाट आउदा आफुहरुलाई थप पिडा हुने गरेको बताउनुहुन्छ । महिला अधिकारकर्मीलाई अन्यायमा परेका महिलाको पक्षमा बोल्दा घर विगारेको, महिलाहरुलाई उकासेको, जस्ता आरोप लाग्ने गरेको उहाँको भनाई छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कतिपय घटनामा प्रहरीले साथ नदिने, महिला मैत्री अदालति काम नहुने, पीडिकहरु बलिया हुने गर्दा पनि आफुहरुलाई समस्या हुने गरेको उहाँले सुनाउनुभयो ।

अधिवक्ता गोमा महरा पीडित महिला भन्दा पीडकहरु अलि बढी बलियो हुने, यौनजन्य हिंसा, बलात्कार, हाडनाताकरणी जस्तो घटनालाई पैसामा मिलाउन खोज्ने प्रवृति ज्यादा रहेको हुदाँ पनि महिला अधिकारकर्मीहरुलाई काम गर्न गाह्रो भैरहेको सुनाउनुहुन्छ । ‘अदालतमा पीडिकहरु न्यायको लागि जति पनि पैसा खुवाउन तयार हुने, बलात्कार जस्तो जधन्य अपराधमा पनि पैसाले मिलाउन खोज्दा समाजमा न्याय मरेको जस्तो देखिाएको उहाँले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही उपमहानगरपालिकाकी उपप्रमुख सीता सिग्देल न्यौपाने देशमा राजनीतिक आन्दोलनले देशको व्यवस्था परिवर्तन भए पनि सामाजिक सोच अझै जहाँको त्यही रहेको हुदाँ महिला माथिको थिचोमिचो घट्न नसकेको बताउनुहुन्छ । अझै पनि समाजमा परम्परावादी सोच, पितृसत्तात्मक व्यवहार जस्ता कारणले हिंसा, थिचोमिचोका घटना बढ्दै गएको उहाँको अनुभव छ ।

अझै पनि महिला पुरुष सबैलाई सचेतनाको खाचो छ । उहाँले भन्नुभयो ‘पुलपुलोसा, बाटो बनाएर मात्र विकास हुदैन । मानिसकको सोच परिवर्तन नै महत्वपुर्ण पाटो हो ।’ उपमहानगर हुने न्यायीक इजलासमा पनि धेरै जसो घरेलु हिंसा, कुटपीटका घटना बढी आउने गरेको उहाँले जानकारी दिनुभयो ।

त्यहाँ आउने घटनालाई एक्लै काम गर्न नक्सदा, प्रहरी, वकिल, अदालतको साहारा लिनु परेको उहाँको भनाई छ ।
जिल्ला प्रहरी कार्यालका प्रहरी प्रमुख जनक भट्राई महिलाहरुलाई आफु समस्यामा परे तुरुन्त प्रहरीलाई फोन गर्न आग्रह गर्नुहुन्छ ।

‘महिलाहरुले जे पर्छ हामीलाई भन्नुस् । मनमनै समस्या राखेर हुदैन । प्रष्ट भन्नुपर्छ ।’ उहाँले जो कसैबाट पनि आफुलाई असुरक्षाको महसुस गरे प्रहरी सुरक्षा दिन तयार रहेको बताउनुहुन्छ ।

जसलाई जे भए पनि प्रहरीले घरमै आएर थाहापाउने अवस्था नभएको हुदाँ प्रहरीलाई खवर गर्न, आफ्ना समस्या खुलेर भन्न अफ्ठेरो नमान्न पनि आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *