सिसहनियामा प्रथम पटक कृषि औधोगिक तथा ब्यापारीक मेला


दाङ, मंसिर १४ ।  सिसहनिया उद्योग बाणिज्य संघले प्रथम पटक कृषि औधोगिक तथा ब्यापारीक मेला सञ्चालन गर्ने भएको छ ।
सिसहनिया क्षेत्रको पहिचान, यस क्षेत्रको पर्या पर्यटन तथा ब्यवसाय बृद्धिमा सहयोग पुराउने उदेश्यका साथ प्रथम पटक कृषि औधोगिक तथा ब्यापारीक मेला सञ्चालन गर्ने भएको शुक्रवार आयोजित पत्रकार भेटघाट तथा तयारी भेला कार्यक्रममा जानकारी दिईएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


स्थानिय पत्रकारहरु तथा सरोकारवालाहरुको सहभागीता रहेको कार्यक्रममा पुषको १७ गते देखी माघ २ सम्म दोलाई पुल नजिक कृषि औधोगिक तथा ब्यापारीक मेला सञ्चालन गरिने जानकारी गरिएको छ ।


सिसहनिया उद्योग बाणिज्य संघका अध्यक्ष शान्तराज भण्डारीको अध्यक्षता, राप्ती गाउँपालिकाका प्रबक्ता विद्याशरण चौधरीको प्रमुख आथित्यतामा भएको पत्रकार भेटघाट तथा तयारी भेला कार्यक्रममा ब्यापारी, उद्योगी, कृषक, शिक्षक, प्रहरी, पत्रकार, स्थानिय सरकार, गाउँ अगुवा लगायतका सरोकारवालाहरुको जिम्मेवारीका बारेमा छलफल समेत गरिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

स्थानिय कला संस्कृतिको पर्दशन, स्थानिय कलाकारहरुको अत्यधिक प्रस्तुति र स्थानिय खानपानलाई बढावा दिनेगरि समय सुहाउदो प्रस्तुति समेत प्रर्दशनका लागि बाल खेलौना, झुला, सरकस, समेत प्रर्दशन गरिने सिसहनिया उद्योग बाणिज्य संघका महासचिव ईश्वरी अधिकारीले बताउनु भएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङ र राप्ती गाउँपालिका बाट अनुमति लिईसकिएको, शान्ति सुरक्षाको ब्यवस्था का लागि जिल्ला प्रहरी कार्यालय र सिसहनिया प्रहरी चौकी संग सहकार्य गरिएको, साथै मनोरन्जनका लागि कलाकारहरु संग छलफल भै रहेको सचिव मदन पोख्रेलले बताउनु भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रथम कृषि औधोगिक तथा ब्यापारीक मेला अवलोकनका लागि विद्यार्थीहरुलाई विशेष छुट तथा जेष्ठ नागरिकलाई निशुल्क समेत गरिएको साथै कृषि उत्पादन प्रदर्शनिका लागि स्टल निशुल्क गरिने उपाध्यक्ष युवराज सेन ठकुरीले जानकारी दिनुभएको छ ।

मेलामा मनोरन्जनका लागि देउखुरी आईडल नाम दिईएको सास्कृतिक प्रतियोगिता समेत प्रस्तुत गरि विजेतालाई पुरस्कार गरिने, नेपालकै दोस्रो लामो पुल राप्ती पुल, भुल्के खौराहा मन्दिर, देविकोट भद्राक्षि देवि मन्दिर तथा राप्ती गाउँपालिका क्षेत्रका धार्मीक तथा पर्यटकीय क्षेत्रको समेत परिचय गराईने सिसहनिया उद्योग बाणिज्य संघका सल्लाहकार तथा पुर्ब अध्यक्ष पुर्ण बहादुर बुढाथोकीले जानकारी गराउनु भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *